मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

निराधार भ्रम फैलँदा श्रममन्त्री चिन्तित

Ujyalosandeshonline 12546+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् ।

आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको गुनासो गरे ।

आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट पूरा गर्न श्रममन्त्री, श्रममन्त्रीको सचिवालय, मन्त्रालयका कर्मचारी, मन्त्रीका आफन्त र साथीभाइलाई जोडेर भ्रम फैलाउने प्रयास भइरहेकाले त्यस्ता कुनै हल्लामा विश्वास नगर्न मन्त्री अर्यालको आग्रह छ ।

मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैलाइएका कुनै निराधार हल्लामा विश्वास नगर्न उनले आग्रह गरेका हुन् । ‘हामीले गोप्य रुपमा कुनै निर्णय गर्दैनौँ । कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रुपमा नै सूचना जारी गर्छौँ । त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु,’ उनले भने ।

रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने, आन्तरिक रोजगारी र स्वरोजगारीलाई प्रबद्र्धन गर्ने काममा मन्त्रालय लागि परेको उनको भनाई छ । 

मन्त्री वा मन्त्रालयसँग सम्बन्धित व्यक्ति वा संस्था वा निकायले ठगी गरेको शंका लागे मन्त्रालयको सचिवालय, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय वा श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार