मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सगरमाथा जाने बाटोमै पर्ने शिवालय बजार सुनसान, होटलहरु रित्तै

Ujyalosandeshonline 11005+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

रामेछाप । कुनैबेला विदेशी पर्यटकले भरिभराउ हुने रामेछापको शिवालय बजार अहिले सुनसान भएको छ । दोलखाको जिरीबाट रामेछापको शिवालय, बाम्तीभण्डार हुँदै सोलु जाने पर्यटकहरू सो रुटबाट हिँड्न छाडेपछि अहिले शिवालय बजार सुनसान भएको छ ।

सोलुको सदरमुकाम सल्लेरीसम्म सडक नपुग्दा यो रुट विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुग्ने प्रमुख पैदल मार्ग थियो । दोलखाको जिरीसम्म बसमा आएका पर्यटक यही बाटो हुँदै सोलु जाने गर्दथे । सल्लेरी सडक पुगेपछि धेरै पर्यटकहरू अहिले काठमाडौंबाट गाडी सोझै सल्लेरी जान गर्दछन् । रामेछापको मन्थली विमानस्थलबाट हवाई मार्ग प्रयोग गरेर जाने पर्यटकहरूको सङ्ख्या पनि निक्कै रहेको छ । 

विदेशी पर्यटकहरूलाई लक्षित गरी शिवालय बजारमा बनाइएका होटेलहरू अहिले खाली छन्, बजार सुनसान छ । फाट्टफुट्ट पैदल हिँड्न चाहने पर्यटकहरू सो रुट भएर हिँड्ने बाहेक विदेशी पर्यटकको सङ्ख्या अति न्यून रहेको गोकुलगंगा गाउँपालिकाकी पूर्वउपाध्यक्ष समेत रहेकी होटेल व्यवसायी राधिका श्रेष्ठ बताउँछिन् । 

कुनै समय विदेशी पर्यटकले बाटो नपाइने शिवालय बजारमा अहिले विदेशी पर्यटक देख्नु पनि नयाँ जस्तो हुन लागेको छ । ‘पहिला बाटो पाई नसक्नुहुन्थ्यो, होटलमा बस्ने ठाउँ नपुगेर कतिपय पर्यटकहरू बाहिर टेण्ट टाँगेर बस्थे, अहिले सबै होटल खाली छन्, होटल नचलेपछि कतिपयले त छाडिसके’, स्थानीय ललिता श्रेष्ठले भनिन् । 

एकै सिजनमा सयौँ विदेशी पर्यटकहरूले यात्रा गर्ने शिवालय क्षेत्रमा अहिले वर्षभरिमा मुस्किलले एक हजार पर्यटक पनि नआई पुग्ने राधिकाले बताइन् । पर्यटकलाई आकर्षण गर्न कसरी नयाँ खालका प्याकेजहरू दिन सकिन्छ भन्ने विषयको स्थानीय व्यवसायीहरू खोजीमा लागेका छन् । 

सो रुट भएर सोलु जाने पर्यटकसँग गौरीशङ्कर संरक्षण क्षेत्रले अनावश्यक शुल्क उठाएको कारण पनि पर्यटकको सङ्ख्या घटेको स्थानीयको गुनासो छ । शिवालयबाट अघि बढ्ने पर्यटकले संरक्षण क्षेत्रको कार्यालयमा शुल्क नतिरी प्रवेश नपाउने भएकोले पनि उनीहरू सोझै सोलु जान लागेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार