मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


अर्काले बनाई दिएका खेलमैदानमा रनिङ्गशिल्ड खेलाउदै नगरपालिका

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

भैरहवा । शनिबार देखि सिद्धार्थनगर नगरपालिकाको विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुदै छ । यस अघि सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा रहेको खेलमैदानमा भएको प्रतियोगिता अहिले पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवा कृषि क्याम्पस र भैरहवा नमूना उच्च माध्यमिक विद्यालय गरि ३ स्थानबाट खेलाउदै छ ।

यस अघि पनि सिद्धार्थनगरमा खेलमैदानको अभाव रहेको भन्दै खेलप्रेमीहरुले गुनासो गर्दै आएका छन् । सोही अनुसार नगरपालिकाले वडा नम्बर ३ मा खेलमैदानको लागि जग्गा पहिचान गरि सोहीमा खेल खेलाउने योजनामा थियो । गत वर्ष सामूहिक विद्यालय परिवारले खेलकुद महोत्सव गराए पछि उनिहरुले बनाईदिएको मैदानमा नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड खेलाएको थियो । 

यस वर्ष सामूहिक विद्यालय परिवारले पक्लिहवा कृषि क्याम्पस र पक्लिहवा माध्यमिक विद्यालयमा आफ्नो खेलहरु खेलाएको थियो । सामूहिक विद्यालय परिवारले लगानी लगाएर मैदान बनाई दिएपछि अहिले सोही मैदानमा सिद्धार्थनगर नगर पालिकाले रनिङ्ग शिल्ड खेलाउने तैयारी गरेको हो । 

“नगरपालिकाको आफ्नै खेल मैदान त छ तर नगरपालिकाले त्यसमा लगानी लगाउन सक्दैन, हामीले मैदान बनाईदिन्छौं नगरपालिकाले त्यहि आफ्नो प्रतियोगिता गराउछ । प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले एक कार्यक्रममा बोलेका थिए “नगरपालिकाले खेलकुदको नाममा वडा कप गराएर बजेट छर्ने काम मात्र गरेको छ, यसले खेलकुदको विकास हुदैन ।”

सामूहकि खेलकुद परिवारका अध्यक्ष बसन्त पाण्डेका अनुसार २०८० सालमा खेलकुद महोत्सवको लागि मैदान बनाउन नगरपालिकाले चुना र झार काट्नको लागि मजदुरको सहयोग गरेको थियो । कुनै प्रतियोगिता नभएको सो मैदानमा करिब ६० हजार सामूहिक विद्यालय परिवारले खर्च गरे मैदान तयार पारेको थियो । २०८१ मा नगरपालिकाले भने कुनै सहयोग नगरेको पाण्डेले जानकारी दिए । पाण्डेले भने “अहिले पनि करिब ४० हजार खर्च भएको छ, खेलमैदानको विषय र खेलकुदको विषयमा नगरपालिकासंग सहयोग माग्दा कुनै प्रकारको सहयोग पाईदैन ।”

वडा नम्बर ३ मा रहेको खेलमैदानमा लगाएको लगानी नगरपालिकाकै उदासिनताको कारण खेर हुने अवश्थामा रहेको छ । मैदान विभिन्न प्रकारका नशा सेवन गर्नेहरुको अखडा बनेको छ । शौचालय टुटेको छ, मैदान विग्रिएको छ । 

सिद्धार्थनग नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले भने नगरपालिकाकै मैदानमा प्रतियोगिता खेलाउने तैयारी भए पनि अन्तिम अवश्थामा आएर पक्लिहवामा गराउनु परेको बताए । “खेलमैदानको रक्षाको लागि नगर प्रहरीको ड्युटि नै खटाएका छौं, मैदान पनि मरम्मत गरेका छौं ।” खाँनले भने “अन्तिम अवश्थामा आएर तयारी नपुगेर स्थान परिवर्तन गरेका हौ, आगामी वर्ष देखि सोही मैदानमा खेलाउने योजना छ ।”

राष्ट्रपति रनिङ्ग शिल्डमा १२८९ विद्यार्थी 

शनिबार देखि सुरु हुने चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सामुदायिक र निजि विद्यालयका गरि १ हजार २ सय ८९ विद्यार्थीहरुले सहभागीता जनाउदै छन् । प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरुको सहभागिता रहने नगर प्रमुख खाँनले जानकारी दिए । ३दिन सम्म चल्ने प्रतियोगिता नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङिण विकासलाई लक्षित गरेर गरिएको नगर प्रमुख खाँनले बताए ।

प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन् । भलिबल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने छ । त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ । तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ । एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ वटा विभिन्न विधाका खेल हुने छन् । सवै विधा तर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाण प्रत्र दिईने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार