मुख्य समाचार
रुपन्देहीमा साढे सात लाख बढीको अवैध सामान बरामद | नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री वालेन्द्र शाह | स्थायी लेखा नम्बर बन्द गराउन पनि घुस ! लेखा अधिकृत अख्तियारको फन्दामा | कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन विचार र सहकार्यमा जोड | ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द | २६ ग्रामभन्दा बढी लागूऔषधसहित रोहिणीका देवान नियन्त्रणमा | भैरहवाबाट ४३५ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ | पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि... | अपराधको प्रकृति फेरिँदै: नवलपरासीमा मुद्दा दर्ता र अनुसन्धानको चाप बढ्दो | सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’ |

लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षती

Ujyalosandeshonline 11812+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

दाङ–लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको छ । असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन ।

विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिनुभयो । बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा १९ वटा घर भत्एिका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ । ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो । 

लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गर्नु भएको थियो । सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंमसेवकहरु परिचालन भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार