मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

पाल्पामा सशस्त्र प्रहरीद्वारा विपद् व्यवस्थापन जनचेतना कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12206+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

पाल्पा । सशस्त्र प्रहरी बल, नं ३५ गुल्म, हे. क्वा., पाल्पाले रैनादेवी छहरा गाउँपालिकाको कार्यालयमा विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समुदायलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सचेतना प्रदान गर्नु रहेको थियो।

रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारीहरूले विपद् सम्बन्धी महत्वपूर्ण अभिमुखीकरण प्रदान गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नं ३५ गुल्म, हे. क्वा., पाल्पाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक झुपा कुमारी पन्थी र सशस्त्र प्रहरी नायव निरीक्षक दिपक न्यौपानेले विपद्का विभिन्न पक्ष, यसबाट बच्ने उपायहरू, र विपद्को समयमा अपनाउनुपर्ने सावधानीका बारेमा विस्तृत जानकारी दिनुभएको थियो।

सहभागीहरूलाई प्राकृतिक विपद् जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका घटनाहरूमा कसरी सुरक्षित रहने र समुदायमा कसरी सहयोग गर्ने भन्ने बारेमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसले गर्दा विपद् व्यवस्थापन सम्बन्धी जानकारीलाई तल्लो तहसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ। यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरूले स्थानीय तहमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न र समुदायलाई थप सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार