मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

प्रथम वडा कप सुरु, उद्घाटन खेलमा उदयपूर विजयी

Ujyalosandeshonline 11004+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ वडा कार्यालयको आयोजनामा शुक्रबार देखि प्रथम वडा कप सुरु भएको छ ।

शुक्रबार भएको उदघाटन खेलमा उदयपुर ८ विकेटले विजयी भएको छ । टस हरेर ब्याटिङ गरेको प्रभातपथ टीमले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाउदै ७९ रन बनाएको थियो । उसका लागि संगम पाण्डेले सर्वाधिक ३७ रन बनाए । यस्तै विवेक श्रेष्ठले ९ रन र युवराज बरालले ६ रन बनाए । बलिङ तर्फ उदयपुरको सुनिल जयसवालले ३ विकेट लिए भने सन्जय कुर्मीले २ र दिपक यादवले १ विकेट लिए ।

प्रतिउत्तरमा ८० रनको लक्ष्य उदयपुरले सहजै भेट्टायो । पाचौ ओभरमै लक्ष्य भेट्टाएको उदयपुरका लागि ओपनर ब्याटर रहमान अलिले अविजित ४५ रन बनाए । सो क्रममा उनले १८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै साहिद अलिले २१ रन बनाए ।

खेलमा ४५ रन बनाएका रहमान अलि मेन अफ द म्याच घोषित भए ।

यस अघि भएको उदघाटन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले नगर पालिकाले अन्य विकास संगै खेलकुद विकासलाइ पनि प्राथमिकता दिएको बताए । युवाहरुलाइ कुलतबाट जोगाउन र नगरमा क्रीकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित वडाकप आयोजना गरिएको बताए । फरक प्रसङ्गमा बोल्दै उनले नगरको बिकासमा सबै नगरवासी एकजुट हुन उनले अपिल गरे । भैरहवालाइ हरित नगर बनाउन नगरपालिकाको प्रयासलाइ नागरिकको सहयोग आवाश्यक रहेको उनले बताए ।

वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष उज्वल पोखरेल, २ का छेदीलाल श्रीवास्तव, ३ का नारायण उपाध्याय, ७ का दामोदर शर्मा घिमिरे, समाजसेवी महेन्द्र नारायण श्रेष्ठ, वडा नम्बर ९ का वडा सदस्यहरु युवराज बराल, सविता हरिजन, बसन्त भट्टराइ, बसुन्धरा शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन स्थानिय विजय पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार