मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

भैरहवामा गाईगोरु छाडा छाड्नेलाई जरिवाना

Ujyalosandeshonline 12444+ समाचार ( )
३ माघ २०८०, बुधवार

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले बजारमा छाडा छाडिएका गाईगोरुको व्यवस्थापनसँगै जरिवाना कारवाही पनि थालेको छ ।

छाडा चौपायाले सवारी दुर्घटनाको जोखिमसँगै नगरको सौन्दर्यकरण समेत असर गरेपछि पालिकाले दोस्रो पटक अभियान चलाएर छाडा गाईगोरुको व्यवस्थापनसँगै गाईगोरु छाडा छाड्ने पशुधनीलाई जरिवाना कारवाही पनि थालेको हो ।

व्यवस्थापन अभियानको क्रममा दुई जना नगरवासीले पालेका चौपाया (गाईगोरु) छाडा छाडेको पाइएपछि ७ हजार रुपैयाँको दरले जरिवाना कारवाही गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

‘हामीले पटक पटक चौपाया छाडा नछाड्न आग्रह गर्दै आएका छौँ’ उनले भने, ‘तर अब आग्रह होइन अवस्था अनुसार जफत र जरिवाना कारवाही गर्छौ ।’

छाडा छाडिएका गाईगोरुलाई नियन्त्रणमा लिएर देवकोटा चोक स्थित होल्डिङ सेन्टरमा जम्मा गर्ने र त्यसपश्चात राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गर्ने गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार