मुख्य समाचार
जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ |

उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस् : अर्थमन्त्री वाग्ले

रासस 642+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

वीरगन्ज (पर्सा) । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री वाग्लेले आज यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्यअनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भए तापनि  संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गर्नुभयो ।

“लक्ष्यअनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन् । तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु”, उहाँले भन्नुभयो, “घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन् । त्यस्ता गुनासालाई पनि अन्त्य गर्न जरुरी छ ।”

अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा÷पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला”, उहाँले भन्नुभयो, ‘‘बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ । तर, बजार अनुगमनको पनि दुरुप्रयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।”

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गर्नुभयो । “कडाइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर, उद्योगी व्यवसाय गर्न नै हतोत्साहि हुने वातावरण भने बनाउने छैनौँ”, उहाँले भन्नुभयो, “राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईँहरू मेरो नोटिसमा आउनुहुनेछ । सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिनेछ ।”

अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताउनुभएको छ । “भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिहरूमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्नेछौँ”, उहाँले भन्नुभयो, “अहिले हिजोजस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने छ । अब सेवाप्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्नेछ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार