मुख्य समाचार
स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा |

वीरेन्द्रनगरका सबै वडामा सीसीटिभी क्यामेरा जडान गरिने

Ujyalosandeshonline 11006+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

सुर्खेत । वीरेन्द्रनगरको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिने भएको छ । सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमबीच सम्झौता गरिएको छ । 

नगरपालिकाका विभिन्न स्थानहरुमा तीन सय पचास क्यामरा जडान गरिने छ । सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र एक सय  क्यामेरा जडान गरिने र छ २५० क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिसक्नुपर्ने छ । सीसीटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटीटीएच अप्टिकल फाइबर प्रयोग गर्नेगरी सम्झौता भएको छ । वीरेन्द्रनगरका विभिन्न वडाहरु, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सीसीटीभी क्यामेराले समेट्ने छ ।

क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि नगरपालिकाले आवश्यक भौतिक पूर्वाधारहरू पोल तथा अन्य सामग्री, विद्युत आपूर्ति, स्वीच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरुको व्यवस्थापन गर्नेछ ।

टेलिकमले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत केनेक्टिभिटी उपलब्ध गराउने छ भने जडान गरिएका क्यामेरा तथा उपकरणहरूको सुरक्षाको जिम्मा जिल्ला प्रहरी कार्यालयको हुने सम्झौतामा उल्लेख छ । वीरेन्द्रनगरका १ देखि १४ नम्बर वडाका विभिन्न  स्थानका बढि जनघनत्व हुने स्थानहरु, पर्यटकीय स्थल र अन्य सार्वजनिक स्थलहरुमा तीन सय ५० वटा क्यामेरा जडान गरिने छ ।

पहिलो चरणमा जडान गरिने एक सय क्यामेराका लागि ११ लाख ६९ हजार पाँच सय रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले ब्यहोर्नेछ। बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत ब्यहोर्ने छ ।

वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्याका थपिएका चुनौती, लागूओैषध, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताइन् । ‘वीरेन्द्रनगरको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर क्यामेरा जडान गर्न लागिएको हो’ उनले भनिन्, ‘प्रहरीलाई अपराध नियन्त्रणमा पनि यसले सहयोग पुर्याउने छ ।’ 

सीसीटिभि जडानले सहरी सुरक्षा, अनुशासन, अमनचयन कायम गराउनका लागि मद्दत गर्ने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए । सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती नियन्त्रणका लागि सीसीटिभि जडानले सहयोग पुर्याउने सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार