मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

विद्यालयको जीर्ण भवनमा रहेको प्रहरीचौकी १४ वर्षपछि आफ्नै भवनमा

रासस 460+ समाचार ( )
२ पौष २०८२, बुधवार

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा निर्माण गरिएको प्रहरीचौकीको नयाँ भवन सञ्चालनमा ल्याइएको छ । चौध वर्षदेखि विद्यालयको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरीचौकीका लागि कोशी प्रदेश सरकारको रु २५ लाख लागतमा निर्माण गरिएको चारकोठे ट्रस भवन सञ्चालनमा ल्याइएको हो । चालु आर्थिक वर्षमा पनि सोही प्रहरीचौकीलाई कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पुनःरु २५ लाख बजेट विनियोजन भएको जनाइएको छ । विनियोजित बजेटले प्रहरी चौकीका लागि आवश्यक शौचालय र भान्छा घर निर्माण गर्ने तयारी गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिनुभयो । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा विसं २०५४ मा सामान्य भवन निर्माण गरेर प्रहरीचौकी स्थापना गरिएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र द्वन्द्वको समयमा विसं २०५७ चैतमा प्रहरी चौकी जलेर ध्वस्त भएपछि विसं २०६८ मा पुनःस्थापना गरिएको हो । 

वाप्लुखाको महाकन्य आधारभूत विद्यालयलाई पुरानो स्थानभन्दा केही तल विद्यार्थीको पायकपर्ने ठाउँमा सारेपछि विद्यालयको भवन खाली भएको थियो । विद्यार्थीका लागि अपायकपर्ने ठाउँमा रहेको भवन अभिभावकको छलफलअनुसार खाली भएपछि सिर्जनशील आमासमूहले उक्त विद्यालय भवनलाई प्रयोग गर्दै आएको थियो । द्वन्द्वकालमा विस्थापित भएको वाप्लुखा प्रहरीचौकी पुनःस्थापनापश्चात् आफ्नै भवन नभएपछि सोही विद्यालय भवनको दुई वटा कोठामा राखिएको स्थानीयवासी एवं नेपाली कम्युनिष्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभयो । साँघुरो र अँध्यारो कोठामा दिउँसो पनि बत्ती बाल्नुपर्ने अवस्था रहेको विद्यालय भवन विसं २०७२ को भूकम्पका कारण चर्किएर चिरा परेको छ ।

भूकम्पले जीर्ण बनेको विद्यालय भवन वर्षात्को समयमा छाना चुहिने समस्या रहेको प्रहरीले बताउँदै आएका थिए । एउटा कोठा चिरा परेर भासिएको छ । सोही भवनमा बसिरहेका प्रहरीले अब भने नयाँ भवन पाएका छन् । कोशी प्रदेश सरकारको लगानीमा प्रहरीचौकीको आफ्नै भवन निर्माण गरेर सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहज भएको प्रहरीले जनाएको छ । चारकोठे ट्रस भवनमा कार्यालय, ब्यारेक र हिरासत सञ्चालन गरिएको छ । प्रहरीचौकीको नवनिर्मित ट्रस भवन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गर्नुभयो । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार