मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

‘द्वन्द्वपीडित महिलाहरुले अनुहार छोपेर हिड्नुपर्ने अवस्थाको अन्त्य होस’

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं ।माओवादी केन्द्रकी नेतृ देवी खड्काले सङ्क्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक पीडितमैत्री भएको बताएकी छिन् । 

शनिबार काठमाडौंमा आयोजित ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै नेतृ खड्काले राजनीतिक रुपमा सहमति भएर अघि बढेको विधेयकले पीडितको घाउमा मल्हम लगाउने उल्लेख गर्दै समाज परिवर्तनको प्रक्रियामा ईट्टा थप्ने काम गरेको बताइन् । 

उनले भनिन्, ‘अहिलेको टिआरसी सम्बन्धि विधेयक संशोधन गर्ने कार्यदलले दिएको प्रस्तावमा गम्भीर मानव उल्लनघङका घटनाहरुमा जवरजस्तिकरणी र बलात्कारका घटनाहरुलाई पनि समावेश गरिदिनुभएको छ । सजाय छुट गर्ने सन्दर्भमा गम्भीर यौनजन्य हिंसाको हकमा लागुहुने छैन भन्ने कुरा राखिदिनुभयो ।

महिलामाथि हुने हिंसाको मात्रै घटना होइन, सामाजिक परिवेश, पृत्तिसत्तात्मकसोच र मूल्य मान्यताको विरुद्ध कसरी लड्ने र समाज परिवर्तनको पाइलामा इट्टा थप्ने काम दस्तावेजले गरेको छ । द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने प्रस्ताव त्यस दस्तावेजमा समावेश गरिएको छ । यसलाई पारित गरिदिन हार्दिक अनुरोध गर्न चाहान्छौं ।’ं 

आफूहरु टिआरसी सम्बन्धि विधेयक अगाडि बढाउन लामो समयदेखि संघर्ष गरिरहेको उल्लेख गर्दै उनले अब द्वन्द्वपीडित महिलाहरुले अनुहार छोपेर हिड्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् । 

‘अब घटनामा परेर पीडित हुने महिलाहरुले अनुहार छोपेर हिड्नुपर्दैन । पीडकहरुले अनुहार लुकाउन नपरेपनि छलेर हिड्नुपर्ने अवस्था आयो भने समाज ठिक ठाउँमा पुग्छ । दस्तावेज संसदबाट पास भएपछि आयोग स्थापना हुनेछ र उजुरी दर्ता हुन सुरुहुनेछ,’उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार