मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |
मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |


‘भड्किलो र छाडा तरिकाले जितिया मनाउने चलनलाई निस्तेज गरौँ’

Ujyalosandeshonline 11004+ समाचार ( )
सुशीलाचौधरी अध्यक्ष थारु महिला समाज नेपाल उपत्यका समिति
९ अशोज २०८१, बुधवार

इति बेला जितिया पर्वको रौनक छ । मुख्यतःपुर्वमा झापा देखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाइ रहेका छन् । काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरु प्नि जितियामा रमाइ रहेका छन् । उपत्यकामा २०६० सालदेखि  जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमामनाइरहेका छन् । उपत्यकामाथारु महिला समाज नेपाल लगायतका संघ संस्थाहरुले जितियाको धुमधाम तयारी गरिरहेका छन् । यसै सिलसिलामा थारु महिला समाज नेपालउपत्यका समिति अध्यक्ष सुशीला चौधरी सँगको कुराकानी :

जितिया पर्व किन मनाइन्छ ? के छन् यसका धार्मिक तथा पौराणिक महत्वहरु ?

जितिया पर्व एउटा आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरि मनाइने पुरानो मान्यता छ । यस्तो मान्यता परम्परादेखि नै चलीआएको छ ।पौराणिक कालदेखि नै सुरु भएको हो यो पर्व खासमा विवाहित महिलाहरुले मनाउने गर्छन । आफ्नो सन्तानको दिर्घायूको कामना गरेर मनाइन्छ ।

माइती घरमा गएर गएर दर खाने चलनछ ।ठ्याक्कै हरितालिकातीज जस्तै पर्व हो यो । साथीसंगी, दिदीबहिनीहरुसँग रमाइलो गरिन्छ । आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ । किनकी कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । 

पहिले  मनाइने जितिया पर्व र  अहिले  मनाइने जितिया पर्वमा के –के फरक छ ?

पहिला भन्दा जितिया पर्व मनाउने चलन हिजो आज अलि फरक छ । सानो छँदा चाडवाड आयो भने नयाँ लुगा लगाउने, मिठो मसिनो खाने चलन थियो । अहिले चाहीं पहिला जस्तो स्थिति छैन् । पुराना चलनहरु हराउन थालेका छन् । गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुन थालेको छ । आफ्नो इच्छा अनुसार बाँच्न पाएर वा स्वतन्त्रताका कारणले होला ।

जितियाका अवसरमा हामी पिनाले कपाल धुन्थ्यौं । सहरमा त्यो संभव छैन । कपाल धुनको लागि खोलामा जान्थ्यौं । अहिले त सहरमा सम्भव हुँदेन् तर गाउँमा धारामा गएर नुहाउछौं । अहिले त पर्वहरु महोत्सवका रुपमा आइसके । त्यसैले अहिले झन रमाइलो छ । तर परम्परा र रितीरिवाज भने जोगाउनु पर्ने बाध्यता छ । 

जितिया पर्वमा कति दिन ब्रत बस्नु पर्छ ?महिलाहरुले  नै  कि जितिया मनाउनु परेको  खास कारण ?

सप्तमी देखि तीन दिन व्रत बस्ने चलन छ । कृष्ण पक्ष असोज महिनामा पर्छ कहिले काँही भदौमा पनि पर्छ । तर तिथि सप्तमी अष्टमी नवमी नै हो । सप्तमीमा नुहाएर बिहानपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार ब्रत बस्नु पर्छ । २४ घण्टा पानी नखाइकन ब्रत बस्नु पर्छ ।

ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिनअर्थात अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिनमहिलाहरु गाउँको एकै ठाउँमा जम्माभई भगवान जित वाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन ब्रतालु महिलाहरु पुनःनदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा दहीतथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् । 

जितिया पर्वमा विशेषगरी खाने परिकार के के हुन्छन् ?

दहीर सख्खरको प्रसाद तयार गर्ने प्रचलन छ । ब्रत बस्दा पानी पनि खान मिल्दैन भनिन्थ्यो हिजो आज फलफुल खाने चलन बढेको छ । खानपान आफ्नो इच्छा अनुसार हो । विस्तारै परिवर्तन हुँदै पनि छ । स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो ।

जितिया पर्वका के को  पूजा गरिन्छ ?

जितिया पर्वमा चिल अनि स्यालको पूजा गरिन्छ । किनभने चिलर स्याल साथीका रुपमा मानिन्छ । जित वहानको कथा सुनेर आएको हुनाले बाल बच्चाको दिर्घायूको लागि ब्रत बसेका थिए भन्ने मान्यता छ । उनीहरुको कथालामो छ । 

जितियापर्वको  प्रसाद वितरणको तौर तरिका पनि फरक छ रे हो ?

यो पर्वको अलग्गै धार्मिक मान्यता र प्रचलन रहेकाले ठाउँ अनुसार पनि मनाउने तरिका फरक हुन सक्छ । तर विधि र तिथिचाहीं उहीहो ।यो पर्व अन्य समुदायले पनि मनाउने गर्दछन । तराइमा धेरै समुदायले मनाउने गर्दछन् । भारतको विहार तिर पनि मनाउने गर्दछन ।

पौराणिक कथामा बिहारको प्रसंग पनि जोडिएको छ । नेपालमा चाँही परम्परा देखि नै चल्दै आएको छ । बिहारमा छोराको लागि मात्र विधि गरिन्छ, पूजा पनि छोराको लागि गरिन्छ भन्ने छ । हाम्रो मा त सबै सन्तान बराबर हो भन्ने मान्यता छ । हाम्रो समुदायमा त्यस्तो भेदभाव हुदैँन् । 

पछिल्लो समय अन्य समुदायले सहरमा पनि जितिया पर्व मनाउने चलन सुरु भएको छ । कस्तो सन्देश प्रवाह भइरहेको छ ?

सहरमा जितिया मनाउन पाउँदा धेरै जना खुशी छन् । किनभने पहिला पहिला गाँउमा हुन्थ्यो, धेरै मान्छे गाँउ जान पाउदैँनन् । पर्व सहरमा मनाउदा सबैजना एकै साथ मा दुःख बिर्सिएर रमाउन पाउँछन् । कतिजनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन् । सहरमा रहेका बच्चाहरुलाई पनि हाम्रो यस्तो संस्कृती, रितिरिवाज छ भनेर सिकाउन पाइएको छ ।

आफ्नो संस्कृतीको बारेमा बच्चैदेखि थाहा पाउनु पनि पर्छ । यसको महत्वहाम्रा सन्तानहरुलाई बुझाउनु पर्ने बाध्यता छ । तर यो पर्वको महत्व राज्यले बुझे जस्तो लाग्दैन । किनभने दशैँमा विदा हुन्छ तर जितियामा हुदैँन् । हामीलाई सरकारले विदा दिएको छैन् । महिलाहरु २४ घन्टा सम्म ब्रत बस्ने भएकाले एकदमै समस्या हुन्छ । सकेसम्म सरकारले यो दिन विदा दिने हो भने राम्रो हुन्थ्यो । 

तपाईले विदाको माग गर्नुभयो । तपाईंलाई के लाग्छ सरकारले यसलाई राष्ट्रिय पर्व घोषणा गर्ला ?

हामीले कोशिस गरिरहेका छौ । तर खासमा दिनुपर्ने हो । सबै चाडपर्वमा दिएको छ भने हाम्रो पर्वमा पनि दिनुपर्ने हो । थारु समुदायको सम्मानका लागि विदा दिनुपर्छ । 

जितियापर्व थारु समुदायले मात्र मनाउँछन्, राष्ट्रिय पर्व भनेर घोषणा गर्दा अन्य समुदायहरुलाई समस्याहोला नि । 

पर्वकोसबैले एकअर्काको मानेको राम्रो हो । किनभने हामीले अरुको परम्परा पनि अपनाएका छौ । त्यसैगरी उहाँहरुले पनि बुझ्नु पर्छ । एकअर्कालाई नअपनाउँदा समाज र देश समृद्ध हुँदैन् । भेदभाव गरेर त हुदैँन् नि । सबै तिरबाट आवाज उठिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनिपर्व मनाउन थालिएको छ । पर्व तीन दिनसम्म चल्नेर ब्रतको एक दिनमात्र विदा दिए पनि हुन्छ । 

यसपालीको जितियापर्वको तयारी कसरी गर्नुभयो ?

तयारी एक महिना अगाडिदेखि नै गरिरहेका छौं । हाम्रो संस्थाप्रति बहुसंख्यक समुदायको आशा र भरोसा भएकाले सामान्य तयारीले पुग्दैन । ठूलो कार्यक्रमको आयोजना भइरहेको छ । जन समुदायहरु सँग कार्यक्रमहुने भएकाले तयारी धेरै नै गर्नुपर्छ । हाम्रो संस्था खासमा महिलाहरुको हक, हित र अधिकार को लागिहो । महिलाहरुलाई सक्षम बनाउन, अगाडि बढाउनको लागि हो । विभिन्न सीपमूलक तालिमहरु दिने पनि गरेका छौं । महिलाहरुको लागि आत्मबल दिने खालको तालिमहरु पनिदिने गर्छौ । महिलाहरुलाई घरबाट बाहिर निकाल्ने वातावरण बनाउने कामपनि गर्छौ । 

जितिया पर्व विवाहित महिलाले मात्रमनाउनको कारण के होला?

जितिया मा विवाहितले मात्र ब्रत बस्ने चलन छ । ब्रत आफ्नो सन्तानको लागि बस्ने हो । आफ्नो घरको सुख शान्तिर श्रीमानको दिर्घायूका लागि बस्ने हो । पौराणिक र धार्मिक मान्यता नै विवाहितहरुका लागि छ भनेर अध्येताहरुले भन्नुभएको छ । 

जितिया पर्वमा तीन दिनसम्म निराहर ब्रतबस्दा त शारीरिक समस्या हुँदैन र भन्या । 

जितियाको रहर र रमझमले गर्दा भोक लागेको पत्तो हुँदैन । हामी सँधै यहीपर्वको प्रतिक्षामा औंला गनिरहेका हुन्छौं । उत्साह र उमंगका कारण पनिब्रत बस्ता वास्ता लाग्दैन । एउटा विश्वास र आस्थाका कारण पनियसको ठूलो महत्व छ । आफ्नो  बालबच्चा, घरपरिवारको खुसीको लागि ब्रत बस्न पाउँदा असहज हुँदैन । माइत जाने दिदी बहिनीहरुसँग भेट्ने अनि एक अर्कासँग सुखदुःख बाँड्ने पर्व पनिहो । त्यसैले ब्रत बस्दा असहज हुँदैन । 

जितियाको पुरानो चलन हराउँदै गयो भन्ने गुनासो छ, अब परम्परा कसरी जोगाउन सकिएला?

पहिला साधारण तरिकाले मनाउने गरिन्थ्यो । अहिले अलिकती भड्किलो अवस्थामा आइपुगेको छ । समय अनुसार परिवर्तन हुँदै गइरहेको छ । सबै ठाउँमा एकनास हुँदैन । सकेसम्म पौराणिक, थारुको मौलिकता झल्किने खालको पर्व  मनाउनु पर्ने  हुन्छ ।  पछिल्लो  समय  कार्यक्रम गरेर पनि यसलाई जोगाउनु पर्छ  भनेर सन्देश दिन खोजि रहेका छौं । कार्यक्रम पनि एकदमै सभ्य र शिष्ट बनाउने गरेका छौं । संस्कृतिलाई  जर्गेना गर्न पनि हामी कार्यक्रम गरिरहेका छौं ।

पहिला हजुर आमा,  हजुर  बुवाले  लगाउने  पहिरन,  गहना अहिले  धेरै मात्रामा हराइ सकेका छन् । बाल बच्चाहरुले संस्कृति,  पहिरन  भुल्छन्  भनेर  पुरानो  गरगहना पहिरन लगाउने गरेका छौं । भड्किलो त हरेक कुरामा भएको नै छ तर गीतहरु पनि भड्किला खालका बजारमा आइरहेका हुन्छन् । तर हामी भड्किलो पर्व हुँदैन भनेर आफ्नो कला, संस्कृति जोगाउन कम्मर कसेर लागेका छौं । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार