मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्दै ‘दशैं सस्तो बजार’ २०८२

Ujyalosandeshonline 12461+ समाचार ( )
६ अशोज २०८२, सोमबार

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले यस वर्ष पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै २०८२ असोज ८ देखि १२ गतेसम्म पाँचदिने ‘दशैं सस्तो बजार’ आयोजना गर्ने भएको छ। संघको सिद्धार्थनगर नगरपालिका–१२ स्थित परिसरमा सञ्चालन हुने यस बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडाकुँडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहनेछन् ।

संघका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार, यस बजारको मुख्य उद्देश्य आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवा एकै थलोबाट उपलब्ध गराउनु, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोगलाई प्रोत्साहन गर्नु, उपभोक्तामा उचित मूल्यबारे सचेतना बढाउनु, र दशैं, तिहार, छठ जस्ता पर्वहरूमा स्थानीय बजारलाई चलायमान बनाउनु रहेको छ।

अध्यक्ष आचार्यले बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको र उपभोक्ताको सहजताका लागि सिसिटिभी जडान तथा शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिनुभयो। बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ।

निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दशैं सस्तो बजारमा बाहिरको बजारभन्दा केही प्रतिशत छुट प्रदान गरिने बताउनुभयो भने पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले स्वदेशी बजारमा किनमेल गर्न उपभोक्तालाई उत्प्रेरित गर्ने यसको उद्देश्य रहेको प्रष्ट पार्नुभयो। संघले यसअघि २०५८, २०५९, २०७९ र २०८० मा पनि सफलतापूर्वक दशैं बजार आयोजना गरिसकेको छ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दशैं सस्तो बजारले आम उपभोक्तालाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा उद्योगी–व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय तथा सञ्चारकर्मी सबैलाई बजार सफल बनाउन सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार