मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सात अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, दुईवटा बन्द गर्न निर्देशन

Ujyalosandeshonline 11005+ समाचार ( )
२ चैत्र २०८१, आइतबार

मधेस । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले राजविराजका सात अस्पतालमा अनुगमन गरेका छन् । आइतबार अनुगमन गर्ने क्रममा उनले दुई अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ । 

एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएका हुन् । प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शैया राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदैआएको छ । यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ ।

यस्तै राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई बन्द गर्न निर्देशन दिइएको छ । सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकाले मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए ।

यसैगरी स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेका तर मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ । सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ । 

यसैगरी दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक पाइए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले गजेन्द्रनारायण सिंह अस्पतालसमेतको अनुगमन गरेका छन् । अनुगमनक्रममा अस्पतालको सेवाको गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिँहले अस्पताल प्रशासनको ध्यानाकृष्ट गराएका छन् ।

संघ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिंह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृतिबिना केही जनशक्ति कार्यस्थलमा नभेटिएका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन् । मुख्यमन्त्री सिंहले सो अस्पतालमा जनशक्ति व्यवस्थापन, सेवा थप र उपकरण उपलब्धता आदिका विषयमा संघीय स्वास्थ्य मन्त्रीसँग समेत कुरा गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार