मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते

Ujyalosandeshonline 11768+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ः०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८  झ्याउलेक मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट,  निर्मलाका सात वर्षीय  छोरा  अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेका बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो । घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ । दुर्घटनाग्रस्त ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार