मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

बाँकेमा राष्ट्रपति रनिङ शिल्ड खेलकूद सुरू

Ujyalosandeshonline 12080+ समाचार ( )
२८ माघ २०८०, आइतबार

नेपालगन्ज । बाँकेमा ‘१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा प्रतियोगिता भइरहेको हो ।

प्रतियोगिताको शनिबारै लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गरिन् । उनले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाउने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सन्दिपजंग शाहले जानकारी दिए । जिल्लाबाट छनोट भएका खेलाडीहरूलाई फागुन ११ देखि १३ गतेसम्म बुटवलमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उनले बताए । 

प्रतियोगिता सञ्चालन गर्नका लागि कोहलपुर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ भने सांसद पुनले १० लाख रुपैयाँ बराबरका खेलकूद सामाग्री हस्तान्तरण गरेकी छिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार