बिपी मेमोरियल कप–२०२४
नेक्सस रुपन्देही ७ विकेटले पराजित

Ujyalosandeshonline 11144+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

भैरहवा । भैरहवामा जारी बिपी मेमोरिय कप–२०२४ टि२० क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा लाईफ केयर क्रिकेट क्लब, भारतले नेपालको नेक्सस रुपन्देहीलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेक्सस रुपन्देहीले ६ विकेट गुमाउदै १ सय ३३ रन बनाएको थियो । नेक्ससको लागि आकाश त्रिपाठीले ४३ बलको सामना गर्दै ४८ रन बनाए । यस्तै सुमित महर्जन र बसीर अहमदले २८/२८ रन बनाए । 

बलिङ्गमा भारतीय टिम लाईफ केयर क्रिकेट क्लबका योगेश कुमारले २६ रन खर्चिएर ३ विकेट लिए । शुभम लाम्बा, हिमांशु र विपुल कम्वोजले समान १/१ विकेट लिए । 

१ सय ३४ रनको लक्ष्य लाईफ केयर क्रिकेट क्लबले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर हासिल ग¥यो । दोश्रो दिन पनि भारतीय टोलीका कप्तान दिपक पुनिया चम्किदा नेपाली टोली पराजित भयो । पुनियाले ४३ बलको सामना गर्दै ३ छक्का र ५ चौकाको सहयोगमा ६० रन बनाए  । यसै गरि राजेश शर्माले अविजित ३७ रन र विपुल कम्बोजले ३२ रन बनाए । 

नेक्सस रुपन्देहीका साहब आलमले २ विकेट र बसीर अहमदले १ विकेट लिए । 

प्रतियोगितामा बांग्लादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागीता रहेको छ । 

बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ । प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार