मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भूकम्प सुरक्षामा सहरीकरणको चपेटाले खुम्चिएको ठाउँ चुनौतीपूर्ण : गृहमन्त्री श्रेष्ठ

Ujyalosandeshonline 11768+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढ्दो सहरीकरणको चपेटामा परी खुला ठाउँहरु खुम्चिएको विषयलाई गम्भीर रुपमा हेर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित २६औँ भूकम्प सुरक्षा दिवस २०८० मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भूकम्पबाट सुरक्षाका लागि खुला स्थानहरुको महत्व निकै हुने भन्दै बढ्दो सहरीकरणको चपेटामा परी काठमाडौं लगायतका खुला ठाउँहरु खुम्चिएकोको विषयलाई गम्भीर रुपमा हेर्न आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘भूकम्प सुरक्षाको कुरा गरिहँदा खुला स्थानहरुको महत्व निकै छ । हालसम्म राष्ट्रिय विपद् सूचना प्रणालीमा झण्डै एक हजार खुला क्षेत्र विभिन्न पालिकाहरुले पहिचान गरी प्रविष्ट गराएका छन् । सहरीकरणको चपेटामा परी काठमाडौं लगायतका खुला ठाउँहरु खुम्चिएको विषयलाई हामीले गम्भीर रुपमा लिनुपर्छ ।’

उनले सबै पालिकाभित्र भएका भवन र संरचनाहरुको जोखिमको आँकलन गरी नयाँ बन्ने संरचनामा राष्ट्रिय भवन संहिताको पालना गर्न पनि आग्रह गरे । 

उनले भने, ‘सबै पालिकाहरुमा भएका भवन र संरचनाहरुको जोखिमको आँकलन गर्न र नयाँ बन्ने संरचनामा राष्ट्रिय भवन समिताको पालना गर्ने कार्यलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु ।’

विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार