मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12198+ समाचार ( )
१२ माघ २०८१, शनिबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–६ नरपानीमा मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्क निर्माण गरी शालिक निर्माण गरेको छ ।

मुख्यमन्त्री आचार्यले शहीदको शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताए । ‘मुलुकको विकास र समृद्धिका लागि शहीदहरुले देखेका सपना पूरा गर्न सरकार प्रतिबद्ध छ’उनले भने–‘शहीद पार्क निर्माण गरेर शहीदहरुको योगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ ।

समाज र राष्ट्रले सधैं सम्झिरहने छ ।’शहीदहरुप्रति सच्चा सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले भूमिका बढाएको उनले बताए । शहीद पार्क र सालिक निर्माणबाट शहीदको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको उनले बताए ।

लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको उनले बताए । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्ति विकासमा योगदान पुगेको उनले बताए ।

प्रदेशमा ४ हजार ७८ कर्मचारीको दरबन्दीमध्ये १ हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने बताए । ‘पदपूर्ति र बढुवाको काम अघि बढेको छ । जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुँदैछ’उनले भने–’उपसचिवदेखिमुनीका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउँछौं ।’ साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा प्रदेशबाट बिनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाइ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे ।

निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजामती कर्मचारीका साथै राजनीतिक कर्मी, सामाजिक अभियानकर्मी, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार