मर्चवार बलात्कार घटना :
बलात्कार आरोपीलाई ७ दिनको म्याद थप

Ujyalosandeshonline 11508+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

भैरहवा । जबरजस्ती करणीको आरोपमा हिरासतमा लिएका ३ जनालाई रुपन्देही प्रहरीले ७ दिनको म्याद थप गरि कार्यवाही प्रक्रिया अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार जबरजस्ती करणीमा मुद्दा दर्ता गरि कार्यवाही अगाडी बढाईएको हो ।

“आईतबार मात्रै सम्मानित जिल्ला अदालतबाट थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ ।” भट्टले भन्नुभयो “यस विषयमा प्रहरी गम्भिर भएर अनुसन्धान गर्दैछ ।” 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार जबरजस्ती करणीको अरोपमा मर्चवारका ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका शिक्षा शाखामा कार्यरत ३२ वर्षिय मनोहर चौधरी, गाउँपालिकाकै उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । 

श्रोतका अनुसार मुकेशले पिडित किशोरीलाई तालीमको बहानामा होटलमा पु¥याएका थिए । त्यहा रातभरि अभियुक्तहरुले किशोरीको सामुहिक बलात्कार गरेका थिए । यस पछि मुकेशले नै युवतीलाई उनको घर नजिक छोडेका थिए । घटना भदौ ५ गतेको भए पनि घटना पछि किशोरीको स्वास्थ्य अवश्था बिग्रिएर अस्पताल गए पछि मात्र बाहिर आएको हो । अभियुक्त तिनै जनाले किशोरीलाई ज्यान मार्ने धम्की दिएको आफन्तको भनाई छ । 

घटना पछि मर्चवार क्षेत्रमा रोष देखिएको छ । घटनामा आरोपित उम्कन नपाउज भन्दै स्थानियहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन समेत दिएका छन् ।–––


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार