मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |
मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |


नेपाललाई हिन्दु राष्ट्र घोषणा गरौं : भीम पराजुली

Ujyalosandeshonline 11437+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गरेका छन् । करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपालमा हिन्दु राष्ट्र अपरिहार्य भएको बताए । 

सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो १५ बुँदे धारणा राख्दै केन्द्रीय सदस्य पराजुलीले करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गरेका हुन् । एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर हाम्रा परम्परागत चलिआएका धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा ठोस कदम नचाल्ने हो भने देश अगाडि बढ्न नसक्ने उनको निष्कर्ष छ ।

‘करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलि आएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गर्दछु। र यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने समेत प्रस्ताव राख्दछु,’ उनले भनेका छन् ।

पराजुलीले बङ्गलादेशमा बसोबास गर्ने हिन्दू , बौद्धलगायत अल्पसंख्यकको जनधन, धर्म, कला संस्कृतिमाथि माथि भएको ज्यादती र आक्रमणको पनि घोर भर्त्सना गरे । साथै त्यहाँ बिचल्लीमा परेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूलाई यथाशीघ्र सकुशल नेपाल फर्काउन पनि उनले माग राखेका छन् ।

नेता पराजुलीले संघीयता खर्चिलो प्रणालीको रुपमा विकसित हुँदै गएकोमा पनि पार्टी नेतृत्वको ध्याना कर्षण गराएका छन् । यसबाट सिर्जित निराशाले ०६२।६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धि हरू समानुपातिकता समावेशिताहरू समेत गुम्ने खतरा रहेको औंल्याए । 

उनले संविधानको मूल मर्म र भावनालाई कुठाराघात नहुनेगरी समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्न, संघीय संसद र प्रदेश संसद तथा स्थानिय कार्यपालिका को सीट संख्या घटाउन पनि प्रस्ताव गरे ।

 नेपालको संविधानमा जिल्ला संरचना हटाई जिल्ला अन्तर्गत भइरहेका कामहरूलाई स्थानीय तहमा लगी खर्च कटौती गर्नेलगायतका कार्यहरूका माध्यमद्वारा सहज, सुलभ सेवा–सुविधा नागरिकको पहुँचमा पुर्याउन उनले सुझाव दिए । 

.................

श्रीमान सभापतिज्यू,पदाधिकारीज्यू तथा पूर्व पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू ,प्रदेश सभापतिज्यू हरू लगायत सम्पूर्ण साथीहरुमा जय नेपालको अभिवादन टक्र्याउन चाहन्छु। जय नेपाल।

यस गरिमामय सभाको मर्यादालाई ख्याल गर्दै समय सीमा बुझी म बुँदागत रुपमा नेपाली कांग्रेसको  विभिन्न प्रस्तावपत्रहरूमा छुटेका र केही प्रष्ट पार्नुपर्ने  विषय मात्र संक्षिप्त बुँदागत रूपमा  राख्दछु। ।

१. देशमा भएको बस र हवाई दुर्घटना लगायत बाढी पहिरो आदिबाट भएको मानवीय र भौतिक क्षतिबाट प्रभावित परिवारहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै निजका परिवारहरूलाई राज्यले आर्थिक सहयोग गरोस् भन्ने माग राख्दछु। 

२.बङ्गलादेशमा भएको सत्ता उलटफेरमा आम जनताको भावनाको कदर गर्दै जुनसुकै अर्थमा पनि लोकतन्त्र  बहाल होस्। र यसबाट हाम्रो देशका नेताहरुले पनि मतादेश भन्दा जनभावना बुझेर काम गर्ने प्रेरणा मिलोस्। साथै त्यहाँ  बसोबास गर्ने हिन्दू , बौद्ध  लगायत  अल्पसंख्यकको  जनधन, धर्म, कला संस्कृतिमाथि माथि भएको ज्यादती र आक्रमणको घोर भर्त्सना गर्दछु।  साथै यो संकटको घडीमा त्यहाँ बिचल्लीमा परेका नेपाली विद्यार्थी  र अन्य नेपालीहरूलाई शीघ्रातीशीघ्र सकुशल नेपाल फर्काउन जोडदार माग गर्दछु।

३. देशको समावेशी प्रणालीमा आधारित संघीयता जनभावना जोड्न ल्याएको अवधारणा भएकोले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर हाम्रा परम्परागत चलिआएका धर्म संस्कृति को संरक्षण र सम्बर्धनमा ठोस कदम नचाल्ने हो भने देश अगाडि बढ्न सक्दैन अत करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलि आएको वैदिक सनातन  हिन्दु राष्ट्र घोषणा  गर्न जोडदार माग गर्दछु। र यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने समेत  प्रस्ताव राख्दछु।

४. आज देशमा संघीयता खर्चिलो प्रणालीको रुपमा विकसित हुँदै गएको र यसबाट सिर्जित निराशाले  ६२– ६३ को जनआन्दोलनबाट  प्राप्त उपलब्धिहरू समानुपातिकता समावेशिताहरू समेत  गुम्ने खतरा भएकोले संविधानको मूल मर्म र भावनालाई कुठाराघात नहुने गरी समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्ने  ,संघीय सान्सद र प्रदेश सान्सद तथा स्थानिय कार्यपालिकाको सीट संख्या घटाउने, नेपालको संविधान जिल्ला संरचना हटाई जिल्ला अन्तर्गत भइरहेका कामहरूलाई  स्थानीय तहमा लगी खर्च कटौती गर्ने  लगायतका कार्यहरूका माध्यमद्वारा सहज र सुलभ सेवा र सुविधा आम नागरिकको पहुँचमा पु¥याउने।

४. आज नेपाली काङ्ग्रेस लगायत दलहरूको सदस्य भएकोमा गर्व गर्ने युवा जमातको सङ्ख्यामा कमी आएको छ। नेपाली काङ्ग्रेस विचार दृष्टिकोण नविनतम र समाज रूपान्तरण गर्न कायम छ भन्ने मात्र नभई व्यवहारिक रुपमा समेत कांग्रेसका नेताहरुले धार्मिक नैतिक चरित्रको व्यवहार निर्माण  गरी रोल मोडल बन्नुपर्ने अवस्था भएकोले सोका लागि सबैले आआफ्नो ठाउँबाट  इमान्दार प्रयत्न गरौं।

५. पेज नम्बर १९ सार्वजनिक ऋण बढेको चासोमा उत्पादनशील क्षेत्रमा मात्र ऋण लिने प्रतिबद्धता गरौँ।समयमै विकास निर्माण कार्य आदिको कार्यसम्पन्न गर्ने ठेकेदार आदिलाई पुरस्कृत गर्ने र जानी जानी ढिलो गर्नेलाई आर्थिक जरिवानाको कानुनी प्रावधान  बनाउँ।

६. शिक्षा नीति तर्जुमा गर्दा हाम्रो देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र सो जनशक्तिलाई काममा लगाउने पूर्व प्रत्याभूति हुने नीति निर्माण गर्ने।

७. वैदेशिक लगानी भित्र्याउने प्रयोजनमा के कस्ता बहुराष्ट्रिय कम्पनीहरूले नेपालकै कच्चा पदार्थहरू प्रयोग गर्छन् नेपालीहरूलाई सिप र दक्षता प्रदान गर्छन् ती कम्पनीहरूको अन्तर्राष्ट्रिय रेपुटेसन कस्तो छ मूल्याङ्कन गरेर मात्र ल्याउन हामीलाई इतिहासले सिकाएको कुरा नबिर्सौँ। अत त्यस्ता विदेशी लगानीलाई प्रोत्साहन सहित आकर्षण गरौं।

८. वैदिक सनातन मुन्धुम बौद्ध जस्ता आफ्नै माटोमा विकसित सनातनदेखि चल्दै आएका धर्म संस्कृतिमाथि हुने विविध खाले प्रहारहरूबाट देशलाई बचाउनु आजको आवश्यकता हो। किनभने कुनै पनि देश त्यो देशको धर्म संस्कृति भाषा को पहिचानमा बाँचेको हुन्छ।  अत नेपालका कला साहित्य संस्कृति चाडपर्व जोगाउन साथै  विपन्न वर्गहरूले मनाउने व्यवस्थाका लागि राज्यले आर्थिक स्रोत साधनको सुनिश्चितता गरोस्।

९. नेपाल देश को आर्थिक विकासको कायापलट गर्ने प्रमुख आधार जलस्रोत नै हो। विश्वमा आगामी दशकमा खानेपानीको ठुलो हाहाकार पर्ने अवस्था आउँदै गरेको र सोको लागि नेपाल एउटा प्रचुर आर्थिक लाभको सम्भावना बोकेको देश हो। ठूलो जलविद्युतको उत्पादन र त्यसको प्रयोग विदेशमा प्रत्यक्ष बिक्री नगरी नेपालको उद्योगधन्दा विकासमा रासायनिक मलको उत्पादनमा र खासगरी हाइड्रोजन उत्पादन गरी बिक्री गर्नमा तुलनात्मक लाभ हुने देखिन्छ। अत पानीको समुचित र दीर्घकालीन   असरको समेत लेखा जोखा राखी चाँडोभन्दा उपयोगको नीति निर्माण गर्नुपर्ने।

१०. आजको विश्व आर्टिफिसियल इन्टेलिजेन्स( एआई) र डिजिटल डाटा को प्रयोग मा वृद्धि भइरहेछ। सोको प्रयोग हाम्रो देशमा पनि आर्थिक लगायत सम्पूर्ण कारोबारहरूमा गर्नुपर्ने देखिन्छ। र खासगरी बिग डाटाको सुरक्षा चुनौती गम्भीर रुपमा देखिन सक्छ। अत सोको लागि पनि आवश्यक नीति निर्माण गर्नुपर्ने देखिन्छ।

११.देश सहरी विकासको विकासको प्रमुख आधार निजी क्षेत्रलाई र पब्लिक प्राइभेट पार्टनरशिपलाई  आधार मान्ने र तर मध्यम र निम्न आय भएका ठूलो नागरिकको समूह सहकारिताको माध्यमबाट कृषि साना र उद्योगहरूको स्थापना गरी विकासको मूल प्रवाहमा ल्याउनुपर्ने र सोबाट मात्र आर्थिक असमानता हल हुने साथै ग्रामीण विकासको आधार तयार हुन्छ  साथै यसबाट सामूहिक उत्पादन र बिक्री वितरण प्रणालीमा सो समूह क्रियाशील भई बिचौलियाको भूमिका कम भई आम उपभोक्ताले समेत सुपत मूल्यमा  स्वदेशी वस्तु प्राप्त गर्ने नीति निर्माण गर्नुपर्ने।

१२. शिक्षा नीति

आजको आधुनिक शिक्षा पद्धतिसँग विद्या दधाती विनयम को नैतिक चरित्र बोकेको हाम्रो आफ्नै पूर्वीय शिक्षा पद्धति लाई समाविष्ट गरी शिक्षा नीति तर्जुमा गर्नुपर्ने । उदाहरणका लागि औषधि विज्ञानभित्र हाम्रो आयुर्वेद र योग मनोचिकित्सा भित्र ध्यानविधि भलनष्लभभचष्लन भित्र हाम्रो आफ्नै भवन आदिको निर्माण विधि र  वास्तुशास्त्र , खगोल शास्त्रभित्र हाम्रो ज्योतिषशास्त्र, अर्थशास्त्रभित्र बुद्ध र चाणक्यको आर्थिक नीति समेत समाविष्ट गरे मात्र हाम्रो मौलिक र दिगो शिक्षा नीति बन्न सक्छ।

१३.उत्पादन नीति

उत्पादन बिनाको वितरण नीतिले गरिबी मात्र वितरण बीपीको सार अनुसार हाम्रा आफ्नै देशका कच्चा पदार्थहरूमा आधारित वस्तु र सेवाहरू उत्पादन गर्न सके मात्र दिगो विकास हुने हुँदा स्वदेशी वस्तु र सेवालाई प्रवर्द्धन गर्ने उत्पादन नीति बनाउने।

१४.नेपालको संविधानले स्थानीय तहलाई स्थानीय सरकारको परिकल्पना गरेको छ। अर्थात् सङ्घीय र प्रादेशिक जस्तो पक्ष प्रतिपक्ष हुने संसद्को परिकल्पना गरेको छैन। जहाँ पक्ष र प्रतिपक्ष रहन्छन् । अत स्थानीय तहका गाउँ नगर प्रमुखहरूले कुनै बाधा अड्चन काम गर्नका लागि  पाँच सदस्य नीति निर्माण समिति वडा तह र पालिका तहमा बनोस् र जसले अल्पमत र बहुमतको विवाद बिना नै निर्वात ढङ्गले विकासका कार्यक्रम अगाडि बढाउन सकियोस्।

१५. नेपाली कांग्रेसका स्थानीय ,प्रादेशिक र संघीय स्तरका जनप्रतिनिधिहरू उम्मेदवार छनोटमा अझ बढी कांग्रेसप्रति उत्तरदायी बनाउन स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू

लगायत अन्य जनप्रतिनिधिहरूको   उम्मेदवारी चयन  तत्  तत्   स्थानका सम्पूर्ण कांग्रेस क्रियाशील सदस्यहरूको सर्वसम्मत वा बहुमतको आधारमा होस। यसैगरी प्रादेशिक  र सङ्घीय सांसदको उम्मेदवारी चयन त्यस त क्षेत्रभित्रका क्षेत्रीय प्रतिनिधिहरूको मतदान प्रक्रियाद्वारा निर्धारण गरियोस्।

जय नेपाल

 भीम पराजुली, नेका केन्द्रीय सदस्य एवम कोसी प्रदेश सभा सदस्य।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार