मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सन्धिखर्क नगरपालिकाबाटै कर सेवा सुरु

Ujyalosandeshonline 12547+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाहकार्यको औपचारिक शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा तीन हजार ५०० भन्दाबढी करदाता सेवाग्राही रहेका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राही उत्साहित भएका छन् ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उपस्थितीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सेवा कार्यालयको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्ट्स प्रालीका सञ्चालक राजन आचार्यलाई स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले अब नागरिकले सामान्य करसम्बन्धी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै आगामी दिनमा थप प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिनुभयो । “स्थानीय सरकारको मुख्य दायित्व नागरिकलाई सहज सेवा उपलब्ध गराउनु हो, त्यसैअनुसार हामीले कर सेवा पनि नगरपालिकाबाटै सुरु गरेका हौँ,” उहाँले भन्नुभयो ।

प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले कर सेवा अब प्रविधिमार्फत अझ सरल, पारदर्शी र प्रभावकारी बनाइने बताउनुभयो । उहाँले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०२/१६ को निर्णयअनुसार सेवाग्राहीका दरबन्दी सेवा कार्यालय खारेज गरी ती कार्यालयबाट प्रदान हुने आयकर सेवा सम्बन्धित स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ ।

यसअघि सामान्य करसम्बन्धी सेवा लिन सेवाग्राहीलाई कपिलबस्तुको कृष्णनगरसम्म पुग्नुपर्ने बाध्यता थियो । कर चुक्ता प्रमाणपत्र लिनेदेखि अन्य प्रशासनिक प्रक्रियाका लागि समय, श्रम र आर्थिक खर्च व्यहोर्नुपर्दा स्थानीय व्यवसायी तथा सर्वसाधारण हैरान हुने गरेका थिए । अब भने आफ्नै नगरपालिकाबाट सेवा उपलब्ध हुन थालेपछि ठूलो राहत हुनेछ ।नगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कर सेवा कार्यालयले व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ । कर सेवा अब स्थानीय तहबाटै सञ्चालन भएपछि नागरिकमैत्री शासन व्यवस्थालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार