मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ वैशाख २०८३, सोमबार

भैरहवा । रुपन्देही प्रहरीले बुटवलबाट ठूलो परिमाणमा अवैध हुक्का तथा भेप (विद्युतीय चुरोट) बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित एक गोदाममा छापा मारेर करिब ४३ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो ।

प्रहरीले सो अवैध कार्यमा संलग्न रहेको आरोपमा ३५ वर्षीया पिङ्कु जयसवाललाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सामग्रीहरूमा १५७ पिस भेप, १६० सेट हुक्का, ५५२ पिस फ्लेवर र १ हजार ४ सय २२ पिस कोइला रहेका छन्। यसका साथै ठूलो संख्यामा हुक्काको बेस, पाइप, एअर बलर, चिलिम र हिटर समेत फेला पारिएको छ। पक्राउ परेका जयसवाल र बरामद गरिएका सबै सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार