मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

रक्षामन्त्री उप्रेतीले सार्वजनिक गरे एकसय दिनको कार्य विवरण

Ujyalosandeshonline 12213+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले मन्त्री भएको एकसय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यविवरण सार्वजनिक गरेका हुन् । 

उप्रेतीले महालेखा परीक्षकबाट कायम भएको बेरुजु रकममध्ये तीन करोड ७७ लाख ४८ हजार रुपैंयाँ असुलउपर भएको,राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार विकास समिति (चौथो संशोधन) गठन आदेश, २०८० नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाली सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि २०८० कार्यान्वयनमा ल्याइएको,काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना निर्माण कार्य प्रारम्भ भएको दाबी गरेका छन्  । 

त्यस्तै उनले कोशी कोरिडोर अन्तर्गत खाँदबारी किमाथांका सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ टर्याक सम्पन्न गरिएको, दार्चुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको ,समष्टिगत प्रगति विवरण सार्वजनिक गर्दै भौतिक प्रगतिः ३४.८२ प्रतिशत र वित्तिय प्रगतिः ३६.०७ प्रतिशत रहेको बताए । त्यस्तै उनले सुरुङ निर्माण कार्य प्रगतिको आयोजना अन्तर्गत रहेका ६ वटा सुरुङहरुको प्रगति विवरण सार्वजनिक गरे ।

त्यस्तै जम्मा ८९ स्थानमा रहेका पुलहरु मध्ये ८५ स्थानका पुलहरु निर्माणका लगि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको, आयोजना निर्माणको क्रममा हालसम्म ३१ हजार सात सय ४३ वटा रुखहरु कटान सम्पन्न भएको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार