मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेविसंघको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

बुटवल ।  नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न भएको छ । साउन १६ गते बुधबारदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम आज समापन भएको हो ।

युवालाई देशको संविधान, नियमकानुन, संसदीय व्यवस्थाको अभ्यास र अनुशासन सिकाई भविष्यमा नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नका लागि २ दिने संघीय नमुना संसदीय अभ्यास आयोजना गरेको नेपाल विद्यार्थी संघ सिटी क्याम्पस बुटवलले जनाएको छ।

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदका कार्यकारी सदस्य सराेज खनाल र टेकराज भुसालले लोकतान्त्रिक प्रणाली, शासकीय स्वरूप र राज्यसञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, संघीय सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिच अन्तरसम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको संसदीय अभ्यास कार्यक्रममा सिटी क्याम्पस बुटवलमा कानुन संकाय अध्यनरत १ सय बढि विद्यार्थीहरुकाे सहभागीता रहेको थियो।

सहभागीहरु मध्येबाट राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृह, अर्थ तथा वाणिज्य लगायतका ८ वटा मन्त्रालयका मन्त्रीहरु निर्वाचित गरि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, वार्षिक बजेट र विभिन्न विधेयकलाई पास गर्दै संघीय संसदको डेमाे समेत प्रस्तृत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार