मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

अर्घाखाँचीको सन्धिखर्कमा पुनः कर्फ्यू आदेश जारी

अनिल नेपाली 141+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको बजार क्षेत्रमा पुनः कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम भदौ २५ गते अपरान्ह ५:०० बजेदेखि भदौ २६ गते बिहान ६:०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार, यसअघि जारी निषेधाज्ञा भदौ २५ गते अपरान्ह ५:०० बजेबाट खारेज गरी नयाँ कर्फ्यू आदेश लागू गरिएको छ । कर्फ्यू अवधिभर सन्धिखर्क नगरपालिकाको बजार क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

कर्फ्यू लागु हुने क्षेत्र:

  • पूर्व: सन्धिखर्क नगरपालिका वडा नं.१ नेपाल प्रहरीको सञ्चार कार्यालय बाहुनडाँडा
  • पश्चिम: सन्धिखर्क नगरपालिका वडा नं.२ वडा कार्यालय-अर्घाखाँची आवासीय मा.वि., जनज्योति मा.वि. हुँदै बिहार बजार
  • उत्तर: सन्धिखर्क नगरपालिका वडा नं.१ म्यालपोखरीसम्म
  • दक्षिण: सन्धिखर्क नगरपालिका वडा नं.७ फुदवाङ्ग बजार, गच्छे बजार-ढोरपाटन सडक हुँदै सन्धिखर्क नगरपालिका वडा नं.२ को वडा कार्यालयसम्म

अत्यावश्यक सेवामा सहजीकरण : कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका साधनहरू (एम्बुलेन्स, दमकल, शव वाहन), स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू, र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुव्यवस्था कायम राख्न सबैलाई सहयोग गरिदिन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार