मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

स्वास्थ्य मन्त्रालयले १४ अस्पतालमा १८ वटा विभिन्न सेवा–सुविधा थप्ने

Ujyalosandeshonline 12466+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गदै प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरे बमोजिम फागनु महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए । 

उनले भने,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षभरी प्रतयेक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसै अन्तर्गत, फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको छ । चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको छ ।’

त्यस्तै उनले चैत्र महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने पनि जानकारी दिए । उनले भने,‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चैत्र महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने जानकारी गराउन चाहन्छु ।’

वीर आपताल, काठमाडौंमा महानगरपालिकाको सहयोगमा चैतको दोस्रोत सातादेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा चैतको पाँचौ हप्तादेखि Electromyelography र Nerve Conduction Velocity  सहितको न्यूरोलोजी सेवामा हुँने, चैतको पाँचौ हप्तादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा ७२ वटासम्म शव राख्न सक्ने गरी फ्रिजको क्षमता वृद्धि गरिने, चैतको दोश्रो हप्तादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ममृत तथा शिशु स्वास्थ्य सेवा भवन उद्धघटन गरी OPD सेवा सुरु गरिने लगायत उनले जानकारी गराए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार