मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

काँकडभिट्टा नाका हुँदै आउन थाले बंगलादेशमा रहेका नेपाली

Ujyalosandeshonline 12444+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

विराटनगर । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिवार १४१ जना, शुक्रवार ११४ जना र विहीवार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रिएका छन् ।

बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरुले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरेर स्वदेश फर्किन थालेका हुन् ।

ढाकास्थित नेपाली राजदूताबासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूताबासमा जानकारी गराउन भनिएको छ ।

बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएका कारण वाट्स एप, मेसेन्जर लगायतका मोवाइल एप्लिकेसनबाट सम्पर्क गर्न समस्या भइरहेको बताइन्छ ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौं र काँकडभिट्टा नाका हुँदै स्थलमार्गबाट नेपाल आउन थालेका हुन् । आइतबार हवाइमार्गबाट १७ विद्यार्थी नेपाल आइपुगेका छन् । (तस्वीरः  मोहनकाजी)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार