मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नागरिक उन्मुक्ति पार्टीभित्र कुनै विवाद छैन : रेशम चौधरी

Ujyalosandeshonline 12547+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले जति वर्ष पछाडि केन्द्रिय समितिको बैठक बसेपनि पार्टीका कोही विवाद गर्ने मुडमा नरहेको बताएका हुन् ।

उनले भने, ‘डेढ वर्षपछि केन्द्रिय समितिको बैठक बसेको छ । जति वर्ष पछाडि बसे पनि आज केन्द्रिय समितिको बैठक बसेको छ । सबैको अनुहार  आज स्पष्ट देखिएको छ । कसैले  विवाद गरेका छैनन् र विवाद गर्नेवाला पनि छैनन् । कोही विवाद गर्ने मुडमा पनि छैनन् ।  नागरिक उन्मुक्ति पार्टीको विशेषता भनेको यही नै हो ।  जति च्याँठिएर, चिच्याएर, कस्सिएर आएपनि यो यस्तो प्रतिक हो जो सँधै साथमा भइरहन्छ । दुई चारजनाले फेसबुकमा लेखे होलान, को कहाँबाट परिचालित भए होलान, कुनै  मत्तलब छैन । तर पहिचानको श्रीपेच नागरिक उन्मुक्तिसँग मात्रै छ । ’

साथै उनले प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध गरेको भन्दै दुःख व्यक्त गरे । उनले देशका विरुद्धमा संघर्षको सुरुवात गर्दा  धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत भएको बताए ।  

उनले  भने, ‘देशमा प्रजातन्त्र थियो, हाम्रा आवाजहरु प्रतिबन्धित थिए । देशको साहित्य र देवताहरुका निम्ति आफ्नो मनका कुरा राखिन्थ्यो । प्रजातन्त्रको वकालत गरिन्थ्यो तर  हाम्रो प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध लगायो । तर देशका विरुद्धमा संघर्षको सुरुवात गरे पनि धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार