मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |
मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |


नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

Ujyalosandeshonline 12548+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ ।

केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेलगत्तै मंगलबारआर्ट ग्रुप प्राइभेट लिमिटेडले  चिनियाँ हाइगर बसहरु हस्तान्तरण गरेको छ ।

नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आएपनि चिनियाँ मोडलका इभी(इलेक्ट्रिक भेइकल)ले स्थान ओगट्न थालेको छ । व्यवसायी हेमन्तराज कक्षपति चिनियाँ ब्राण्डका कम्पनीहरु एकदमै बलियो भएको अनुभव रहेको सुनाए ।

‘वितेको दुईचार बर्षमा चिनियाँ इभी गाडी नेपालमा बढेको छ । तरपनि धोका दिन्छ कि भन्ने त्रास छ । आशा गरौं आएका कमजोरीहरु सुधारेर अघि बढ्ला भन्ने अपेक्षा छ ।’

नेपाल टुरिष्ट भेइकल एसोसिएसनका पूर्वअध्यक्ष एवम व्यवसायी मनोज श्रेष्ठले चिनियाँ इभी गाडीहरु लक्जरीयस रहेको सुनाउँदै भने,‘चिनियाँ इभीहरुको सबै फिचरहरु राम्रा छन् । इभीको भविष्य राम्रो देख्छु । चिनियाँ इभी बसहरु थप भित्र्याउन आवश्यक छ ।’ 

अर्का व्यवसायी बेदराज बाँस्तोलाले चिनियाँ इभी बसको सेवा सुविधाहरु राम्रो रहेको सुनाउँदै भने,‘नेपालमा चिनियाँ इभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि विस्तारै अपग्रेट गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।’

विगतका तथ्यांकलाई हेर्ने हो भने पनि चिनियाँ इभी गाडीहरुको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०।८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा इभीले ओगटिसकेको छ । उक्त बर्ष मा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो ।

नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका इभी भित्रिरहेपनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ । 

कुल इभीमा चीनबाट आयात भएका इभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका इभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्यांकहरु सार्वजनिक भइसकेका छन् । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न लिएको कर छुट नीतिले पनि इभीप्रतिको मोह बढेको देखिन्छ । 

नेपालको अटो बजारमा चिनियाँ इभीप्रतिको क्रेज बढ्नुको अर्को कारण सस्तो मूल्यमा गाडी उपलब्ध गराउँनु रहेको व्यवसायीहरुको भनाइ छ । आर्थिक वर्ष २०७३।७४ को बजेट मार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीतिले व्यवसायीलाई प्रोत्साहित गरेको छ ।

नेपाल सरकारले चिनियाँ गाडी आयातमा केही नियम फेरबदल गरेपनि संख्या घट्नुको साटो बढ्दै गइरहेको छ । नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका हो । योसँगै भारतीय गाडीको उपस्थिति घट्नसक्ने अनुमान गरिएको छ । 

गएको आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रूपैयाँका जिप, कार, भ्यान आयात भएका थिए। त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रुपैयाँको आयात भएको तथ्यांक थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रमक भएको देखिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार