मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड अब नेपाली बजारमा

Ujyalosandeshonline 12206+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं। जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् । 

यारिसको पुरानो मोडललाई अपडेट गरिएको यारिस क्रस हाइब्रिडमा धेरै सुविधा थपिएका छन्। आधुनिक सेफ्टी फिचर र पावरफुल हाइब्रिड इन्जिन विकल्प उपलब्ध हुनेछ। 

यस्तै,अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट उपलब्ध छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको बिक्रेताले जनाएको छ।

यारिस क्रस एसयुभी पहिलेभन्दा बढी पावरफुल बनाइएको तथा कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ रहेको छ । यो कारमा प्रि(कोलिजन सिस्टम, अपडेटेड एडाष्टिभ कुज कन्ट्रोल, एक्सेलेरेसन सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम एडीएएस जस्ता उत्कृष्ट सुरक्षा सुविधाहरू रहेका छन् । 

२०२४ टोयोटा यारिस क्रस हाइब्रिड १३० मा १.५ लिटर एनए पेट्रोल इन्जिन र थप पावरफुल एलेक्ट्रिक मोटरको प्रयोग गरिएकाले १३० हर्स पावर र १८५ एनएमएको पीक टर्क जेनेरेट दगर्न सक्ने बताइएको छ । 

जसमा यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।

यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ भने ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ । यसको ब्याट्री  प्रकार लिथियम(आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड जस्ता विशेषता पाउन सकिनेछ । 

यस्तै, सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी(लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ। यसको आधिकारीक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार