मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज

Ujyalosandeshonline 12547+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे निन्दा गरेको छ ।

भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय भएको समाजले जनाएको छ । 

‘२०८२ भदौ २३ गते देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाण्डौको वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक दर्जन बढीको मृत्यु भएको (समाचार अनुुसार १४ जना) र पत्रकारहरुसहित दर्जनौ घाइते भएको (२३ गते अपरान्ह्सम्म)घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ ।

मुलतः भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय छ । आफुले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो । नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ । यस्तो क्रुरताको लागि जिम्मेवारहरुलाई दण्डित गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ । 

‘स्वाभिमान युवाहरु भ्रष्ट नेताहरुको नेतृत्वबाट मुक्ति चाहन्छन । देशमा सुशासन चाहन्छन  । स्वतन्त्रताको पक्षमा उभिन्छन् र कुुनै पनि निरंकुशताको विरोध गर्छन् । देशव्यापी रुपमै त्यस्तो आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरेपनि कम हन्छ । भ्रष्टाचार विरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन गर्नु हुदैँन भन्ने मान्यता शान्ति समाजको छ । यसैगरी यस्ता आन्दोलनहरु पनि तोडफोड र अराजकताबाट सधै मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरु सदैव संयमित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार