मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मुख्यमन्त्री सिंहले गरे वाल्मीकि आश्रमको अवलोकन

Ujyalosandeshonline 12611+ समाचार ( )
८ असार २०८२, आइतबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचिन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन् । आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन् ।

मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा पूजा–अर्चना गर्दै धार्मिक ऊर्जा अनुभव गरेको बताए । उनले आश्रमसम्म पुग्न अझै पनि पर्याप्त बाटो नपुगेकोमा चिन्ता व्यक्त गरे । संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग र सरोकारवाला निकायको ध्यान तत्काल आकृष्ट गराउँदै उनले पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताए ।

‘चितवनको माडीमा रहेको यो स्थल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ,’ उनले भने,‘यदि जनकपुरधाम र वाल्मीकि आश्रमलाई धार्मिक मार्गद्वारा जोड्न सकियो भने धार्मिक पर्यटनको सम्भावना अझ प्रगाढ बन्नेछ ।’

धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समुन्नत विकास, रोजगारी सिर्जना र पर्यटन विस्तारका लागि जनकपुरधामदेखि वाल्मीकि आश्रमसम्मको धार्मिक मार्ग निर्माणमा मधेश प्रदेश सरकार प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरे । 

वाल्मीकि आश्रमसँग सम्बन्धित धार्मिक आख्यान, सीता माता र रामायणसँगको सम्बन्ध, र आसपासका प्राकृतिक सौन्दर्यले यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको स्थानीयको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार