मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

बुटवलमा भित्रियो एक्साभेटर चेन मर्मत गर्ने अत्याधुनिक मेसिन, नेपालमै पहिलो भएको दाबी

Ujyalosandeshonline 12196+ समाचार ( )
२८ असार २०८३, आइतबार

बुटवल । विकास निर्माणका काममा प्रयोग हुने एक्साभेटर (डोजर) का चेन बिग्रेर हैरान हुनुभएका व्यवसायीका लागि बुटवलमा आधुनिक प्रविधि भित्रिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित मैनाबगरमा सञ्चालित 'यादव रिपेरिङ सेन्टर' ले नेपालमै पहिलोपटक अत्याधुनिक मेसिनको प्रयोग गरी एक्साभेटरको चेन खोल्ने र फिटिङ गर्ने सेवा सुरु गरेपछि व्यवसायीलाई ठूलो राहत मिलेको हो ।

विगत चार वर्षदेखि एक्साभेटर चेन रिपेयरिङको काम गर्दै आउनुभएका सञ्चालक सुनिल यादवले नेपालमै पहिलोपटक यो मेसिनरी प्रविधि भित्र्याउनुभएको हो । यसअघि नेपालमा एक्साभेटरको चेन मर्मत गर्दा मानिसले हातमा घान ,ठूलो हथौडा लिएर पिट्ने परम्परागत तरिका अपनाइँदै आइएको थियो । परम्परागत प्रविधिबाट एउटा चेन सेट गर्न झण्डै ८ देखि १० दिनसम्म लाग्ने गरेकोमा अहिले अत्याधुनिक मेसिनको माध्यमबाट १ दिनभित्रै सम्पूर्ण काम सम्पन्न हुने सञ्चालक यादवले बताउनुभयो ।

मेसिनको प्रयोगसँगै सेवाग्राहीको खर्च र समयको ठूलो बचत भएको छ । हातले काम गर्दा बढी जनशक्ति लाग्ने र लामो समय लाग्ने हुँदा खर्चिलो हुने गरेकोमा अहिले अत्याधुनिक मेसिनबाट काम गर्दा लागत निकै कम लाग्ने गरेको छ । यसका साथै मेसिनबाट काम गर्दा चेनमा लाग्ने बोल्टहरू नबिग्रिने भएकाले ग्राहक वर्गको थप आर्थिक बचत समेत हुने गरेको छ । रिपेरिङ सेन्टरले हाल एक्साभेटर, कोमात्सु स्काभेटर, दुसान, जेसीबी, क्याट लगायतका सबै प्रकारका चेनहरूको मर्मत गर्दै आएको छ ।

बुटवलको जित सुर्ती उद्योगको अगाडि रहेको यस सेन्टरले सुलभ र सुपथ मूल्यमा स्तरीय सेवा प्रदान गर्दै आएको छ । व्यवसायमार्फत सञ्चालक यादवले ४–५ जनालाई रोजगारी समेत दिनुभएको छ । बुटवलमा मुख्य केन्द्र रहे तापनि आवश्यकता अनुसार नेपालका विभिन्न सहरहरूमा पुगेर समेत सेवा प्रदान गर्दै आएको यादव रिपेरिङ सेन्टरले जनाएको छ । सेवाका लागि ग्राहकहरूले सिधै ९८२६४८२६८० र ९७६३७५१३६० मा सम्पर्क गर्न सक्ने उद्योगले जनाएको छ ।

प्रतिक्रिया

Ramkhushiyal Yadav २८ असार २०८३, आइतबार

Bahut ramro dai

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार