बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद

Ujyalosandeshonline 12558+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

रुपन्देही । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट अन्दाजी रु ३१ लाख ४५ हजार ५०० मूल्य बराबरको भन्सार छलीको लत्ताकपडा र सवारी साधन बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई र प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१०३२ च ९३८५ नम्बरको कारलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त सामग्री बरामद भएको हो। 

सवारी चालक कार छोडेर फरार भएपछि सवारी साधनभित्र जाँच गर्दा रु १ लाख ४५ हजार ५०० बराबरको अवैध लत्ताकपडा फेला परेको थियो । ढुवानीमा प्रयोग गरिएको रु ३० लाख मूल्य बराबरको कारसहित बरामद गरिएका सम्पूर्ण सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार