मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश

रासस 534+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले मङ्गलबार लिखित सम्बन्धि कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश भएको अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिनुभयो । 

“झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने रु १५ हजार धरौटीमा छाड्न आदेश भएको छ” उहाँले भन्नुभयो, “न्यायाधीशबाट आदेश आइसकेको छ । अहिले नगरप्रमुख सिंहले धरौटीको रकम जम्मा गर्ने प्रक्रिया अघि बढाउनुभएको छ ।” जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलबार वीरगञ्ज महानगरका प्रमुख सिंहलाई  लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो ।

पर्सा जिल्ला अदालतबाट लिखितसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले प्रमुख सिंहलाई मङ्गलबार पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ । पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्नका लागि अनुरोध गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार