पोखरा पर्यटकीय शहर हो । धेरैको सपनाको शहर । प्रकृतिले पोखरालाई सुन्दर बनाएको छ । यहाँको सौन्दर्यतापान गर्न लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँआउने हरेक पर्यटकले सुरक्षित महसुस गर्न सक्नुपर्छ । सुरक्षित रुपमाआवतजावत गर्न र घुम्न पाउनुपर्छ । तर, पोखराबाट अन्य ठाउँमा जाने सवारी साधनले यात्रुलाइखुलेआम ठगेका छन् भन्दापोखरा प्रतिमानिसहरूको धारणा कस्तो होला? ठाउँ सुन्दर हुँदैमा मान्छेका मन सुन्दर भएनभने सुन्दर ठाउँको कुरुप सम्झनाहुनेछ । सुन्दर पोखरा बनाउनयहाँका सवारी साधनकाकर्मचारी, होटल व्यवसायी, ट्याक्सीचालक, व्यापारी, स्थानीय, प्रहरी र स्थानीय सरकारको व्यवहार पनि सुन्दर र सम्झनलायक हुनुपर्छ ।
केही समयअघि पोखरा घुम्ने अवसर मिलेको थियो । पोखराको सौन्दर्यतामा मैंले धेरै खुशीअनुभूति गरें । साथै केहीतिता सम्झनाहरू पनिमसँग छन् । जुन सुधार गर्नैपर्ने खालका छन् । त्यसैले यहाँहरू माझ साझा गर्न गइरहेको छु । चाडपर्वमा लामा दूरीका सवारी साधनले मनलाग्दी भाडा उठाउने गुनासाआउने गर्छन् । त्यसको प्रत्यक्षभोग्ने म पनिभएँ । चाडपर्व मनाउन या घुम्न पोखरा गएका यात्रुहरूबाट काठमाडौँ फर्कने क्रममामाइक्रोका कर्मचारीहरूले मनलाग्दी भाडा उठाए । टिकट काउन्टरमा जाँदायातायातकर्मचारीले टिकट छैनभन्ने र माइक्रोमा राखेर बढी पैसा असुलेर यात्रुलाई दुखदिइएको थियो । प्रमाणका लागि टिकट नदिने तर बढी भाडा लिएर यात्रु हाल्ने क्रमहालसम्म रोकिएको छैन । यात्रु ठग्ने, लुट्ने नै उद्देश्यभए समिति खडा गरेर काउन्टर राख्नुको के औचित्यभयो ? टिकट नै दिननसक्ने काउन्टरहरू के का लागि त ?
काठमाडौं–पोखरा ७ सय ५० भाडादर भएपनिमाइक्रोबसले एक हजार भाडा यात्रुबाट उठाउने गरेका छन् । हवाईजहाजले बढी भाडा उठाए भनेर चर्कोआवाज उठेपनि बस–माइक्रोले उठाएको भाडाबारे त्यतिचर्चा हुने गरेको पाइन्न । यात्रुले आफ्नो आवश्यकता र औकातअनुसार सवारीसाधनप्रयोग गर्ने हुँदा सबैतिर अनुगमन गर्नु सरकारको दायित्वहो । तर, टोलदेखि केन्द्रसम्मका सरकार हर क्षेत्रमा जस्तै यसमापनि चुकेका छन् ।
चाडवाडको बेला गाडी नपाएर यात्रुहरूले प्रतिव्यक्ति १२ सयसम्मतिरेर पनियात्रा गरेकै छन् तर चाडवाड सकिदाँपनि सात सयको भाडामा एक हजारमा टिकट काटेपछि कसलाई के भन्ने ?यहाँका काउन्टरहरूको हविगत देख्दा त कसैको घरमा श्राद्ध भएपनि टिकट नकाटी रिजर्भमा एक हजारदेखि १२ सय लिएर गाडी पठाउने नगर्लान् भन्न सकिदैंन ।
भाडामात्रै बढी हैनपोखरा–काठमाडौं चल्ने माइक्रोले क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधनचलाउने गर्छन् । १५जनाको सिट क्षमताभएको माइक्रोमा २४ जनासम्मयात्रु हालेर गुडाउने गरिन्छ । अझलोकलयात्रु हालेर ठाउँ ठाउँमा ओराल्ने उकाल्ने त छदैंछ । लामो यात्रा र खराब बाटोका कारण यात्रुले सास्तीभोग्नुपरेको छ । बढी यात्रु हाल्दाउभिने यात्रु निहुरिएर उभिनुपर्छ भने बसेका यात्रुलाई समेत कष्ट भोग्नु परिरहेको छ । यातायातव्यवसायीको षड्यन्त्रका कारण सवारीसाधन छैन भनेपछि सिट नै नभएपनिउभिएर काठमाडौं आउनयात्रुपनितयार हुन्छन् । लामो रुटमा कष्टसहितयात्रु बोकेपनिउनीहरुमाथि कसैले केही कारवाहीगर्दैन । सबैले यसलाई चाडपर्वमा यस्तै नियति हुन्छ भन्दै छाड्ने गरेका छन् । अझभनेर कसलाई के हुन्छ र भन्ने मानसिकतायात्रुमापनिविकसितभइसकेको छ । यो एकदमै डरलाग्दो अवस्थाहो ।
चाडवाडमा ट्राफिक प्रहरी र प्रहरीले जति विज्ञप्ति र भाषण दिएपनिव्यवहारमा यात्रुले केही सहजअनुभूति गर्न नसकेको छर्लङ्ग छ । चेकपोष्ट सडक छेउमा सरकारी बजेट खर्च गरेर बन्छ तर प्रहरीलाई यात्रु संख्या टिपाउन सहचालकले चौकीमागएर भन्छ । ५० जना नै यात्रु हालेपनि सडकबाट केहीमाथि रहेको चौकीले सहचालकले टिपाएको संख्यामात्रै देख्छ । त्यसैले बाटोमा कुनै दुर्घटना हुँदायात्रुको संख्याएकिननभएको भनेर विज्ञप्ति निकालेका धेरै उदाहरण छन् ।
यतिमात्रै होइनपोखरा–काठमाडौं चल्ने माईक्रोहरुको स्पिड पनिमनलाग्दी छ । मानौ उनीहरु मान्छे हैनकुखुरा बोकेर हिँडेका छन् । न उनीहरूलाई आफ्नो ज्यानको माया छ न यात्रुको सुरक्षाको नै चिन्ता । काठमाडौँ चाँडै पुग्ने र फेरि यात्रु लिनपोखरा फर्किने हतारोमा उनीहरू हुन्छन् । यात्रुहरु जिउँदै गन्तव्यमा पुगिन्छ कि पुगिन्नभनेर बाटाभरि त्रासमा हिड्छन् । पोखरा–काठमाडौं सडकको यात्रा हैन यमराजको घर जाने यात्रा गरेजस्तो अनुभुति हरेकलाई हुन्छ ।
केही दिनअघि पोखरा–काठमाडौं यात्रा गर्ने एक माइक्रोबसले तीन ठाउँमा अन्य सवारीसाधनलाई ठक्कर दिदैं काठमाडौं पुगेको थियो । राजमार्गमा दुर्घटना हुँदा सधैं खराब बाटो र अन्य सावरी साधनलाई उछिन्ने होडलाई मुख्य कारण मानिन्छ । तर, साथसाथै चालकपनिउतिकै दोषीहुने गर्छन् । जसको प्रमाण माइक्रो बसकाचालक नै थिए । ओभर स्पिड र ओभर लोड हुँदापनिपोखरादेखि काठमाडौंसम्म कुनै ठाउँमा राज्यको उपस्थिति छैन । ठाउँ ठाउँमा चेकिङकालागिप्रहरी बसेको हुन्छ तर चेकिङमायात्रुको विवरण नटिपाइ माइक्रोका कर्मचारी कार्यलयभित्र पुग्छन् । किन र के कारण पुग्छन् सहजै अनुमान गर्न सकिन्छ ।
पोखरा जस्तो समृद्ध र विकसित ठाउँमा हाकाहाकीयात्रु लुटिन्छ छेउमै रहेको प्रहरी प्रशासन बेखबर छ । दुई सय किलोमिटर बढी यात्रा गर्नुपर्नु बाटो छ, माइक्रोमा सजायदिइएको अपराधी जसरी यात्रु कोचिन्छ, बाटोभरि ट्राफिक प्रहरी, प्रहरी र प्रशासन बेखबर छ । सडकमा राज्यको उपस्थितिजिरो छ । यस्तो लाग्छ माइक्रो चढेपछि सरकार, सैनिक, प्रहरी प्रशासन सबै माइक्रोका चालकहुन् । उनीमनपरि यात्रुमाथिशासनलाद्छन् । भनौ यात्रुहरुमाथिदुर्वव्यहार गर्छन्।
गन्तव्यमापुग्नैपर्नेबाध्यताका कारण यात्रुपनिचुपचाप सहन्छन् । यात्रुले आवाज उठाइहालेपनिजान मन नभएझर्नुस् न भन्ने उतर पाइन्छ । अझमाइक्रोकाचालकहरूले मुखै छाड्ने अवस्था समेत आउने गरेका उदाहरण छन् । यतिलामो यात्रामा न टाइम कार्ड छ, न निश्चित समय नै । जथाभावीमनपरी सवारीसाधनचलाउँदानदेख्ने प्रहरी प्रशासन के गर्न ठाउँ ठाउँमा बस्छ बुझ्न सकिन्न । सुरक्षितयात्रागर्नु हरेक नागरिकको अधिकार हो, तर नागरिकको सम्पुर्ण अधिकार चालकले कुण्ठित गर्छन् र राज्य रमिते बनेर बसेको छ ।
‘चोर पुलिसभन्दा एक कदम अगाडि हुन्छ’ यो भनाइमात्रै होइनहविगतहो । मापासे चेकिङको नियम राति ८ बजेबाट राति ११ बजेसम्म मात्रै छ । दिउँसो मापासे गर्दैनन् भन्ने के ग्यारेण्टी छ ? झण्डै दुई सय किलोमिटरको बाटोमा न मापासे चेकिङ हुन्छ न गापासे नै । खाजाखाने ठाउँमा चालककाआँखा राता हुन्छन् । मेसिननभएपनिमापासे र गाजाखाएको सजिलै छुट्याउन सकिन्छ । तर, ट्राफिक प्रहरीलाई केहीमतलब छैन । गाडीमा बम छ कि अवैधानिक सामानवा मान्छे छ जाँच नै हुन्न ।
भिडभाड हुने ठाउँमा तीनरतीनकिलोमिटरको ग्यापमा ट्राफिक स्पिड चेक गर्न गन लिएर दशजनाको समूह नै बनाएर बस्छन् । तर उपत्यकाबाहिर एक सय माथिको स्पिडमा सवारी साधनचलाउँदा ट्राफिक कहाँ हुन्छ थाहाहुन्न?यदि स्पिड चेकिङ उपत्यकाबाहिर पनि गर्ने हो भने सायद आज दुर्घटनामा मर्नेको संख्यामाकमीहुने थियो कि ?वान वे मा १०ः१५ जनाको समूह नै बनाएर चिट काट्न बसेका ट्राफिकको उपस्थिति राज्यकामुख्यहाइवेमा खै ?उनीहरूको कामको प्रकृति हेर्दा नेपाल ट्राफिक प्रहरी होइन नेपाल ट्राफिक कर संकलन केन्द्र नामाकरण गर्दा हुन्छ ।
कहिलेकाहीकाम गरेजस्तो चटक पनि ट्राफिक प्रहरी गर्छन् । मिडिया लगेर काठमाडौंका सडकहरूमा चल्ने लोकलबसकायात्रुलाई भाडा कति उठाएको छ, बढी लिएको त छैन नि भनेर सोध्छन् । तर, त्यही ट्राफिक प्रहरी लामो दूरीमा टन्न भाडा उठाएर हिड्या सवारी साधनकायात्रुसँग किनप्रश्न सोध्दैनन् रु ल अन्त त सावरी साधन चेकिङ गर्न सकेन, यात्रुकोबारे सोध्न सकेन भने नागढुंगामा त सोध्न सकिन्थ्यो नि, त्यो समेत छैन । ट्राफिकले स्ट्न्ट होइनकाम गरेर देखाउनआवश्यक छ । र कडा कानुनकार्यान्वयन गर्न जरुरी छ ।
दुर्घटना हुँदायातायात समितिहरू, नेपाल सरकार र नेपालप्रहरी तथा ट्राफिक प्रहरी गरी तीनवटा निकायलाई दोषी ठहर गरेर कारबाही गर्नुपर्छ । क्षातिपूर्ति तीनै ठाउँबाट भराउनआवश्यक छ । दुर्घटना चाहेर हुने कुरा हैन तर, यीतीननिकायको लापरवाहीले पनिअझ दुर्घटना बढेको छ । गाडीमा चेकिङनगर्ने प्रहरी दोषी, गाडीको अवस्था र चालकको अवस्था चेकिङ नगर्ने समिति दोषी र सडक सुरक्षाबारे कडा निगरानीनगर्ने ट्राफिक दोषी छन् । चालकको लापरवाहीका कारण आजहाइवेमा हिड्ने हरेकयात्रुको घरबाट निस्किदागन्तव्यसम्मनपुगुन्जेल श्वास मुटुमै अड्किएको हुन्छ ।
दुर्घटना किनभयो भन्दापनि दुर्घटना कम गराउन के पहल गरियो त्यो सोच्न जरुरी छ। दुर्घटना भएपछि सबै ध्यानदिने सरकारले सुरक्षित सडक बनाउन सामान्यकुरामाध्यानदिनकिन सक्दैन ?प्रधानमन्त्री खड्ग प्रसाद ओलीले नागरिक एपबाट सडक नियम उल्लंघनको जरिवानातिर्न मिल्ने बनाउनुभयो तर, यात्रुको व्यथा र कहानी सुन्ने एपकिनबनाउनु भएन?