मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गरेका छन् । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एक–अर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागीता रहनेछ । 

कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पअनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । रथ यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यहरूलाई एकआपसमा जोड्न आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिए । साथै, छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिक स्थलहरूलाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

गण्डकीका शालिग्राम र मुक्तिनाथको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर र पवित्रभूमि त्रिवेणी धामबाट सुरु भएको यो यात्रा श्रद्धालुहरूका लागि महत्वपूर्ण रहनेछ । 

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रदेश सभा सदस्य निमा गिरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोख्रेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सल्लाहकार गोपाल भण्डारी, समाजसेवी मिलन बस्नेत, जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार