मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पराराष्ट्र मन्त्री भन्छन्– ‘अंग्रेजी बोल्न जान्नु नै शिक्षाको गुणस्तर होइन’

Ujyalosandeshonline 11768+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा बिग्रियो भने भविष्य नै प्रभावित हुने बताएका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा पुरस्कार वितरण कार्यक्रममा उनले पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले विकासको कुरा गर्दा पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा हो । यसलाई मुख्य पूर्वाधार मानेर जनतालाई सर्वशुलभ तरिकाले गुणस्तरीय शिक्षा दिन जुन प्रकारको लगानी गर्नुपर्छ त्यहाँदेखि नै हाम्रो केही कमजोरीहरु छन् । पहिलो प्राथमिक लगानी शिक्षामा हुनुपर्छ किनभने यो क्षेत्र बिग्रियो भने समाज ध्वस्त हुन्छ, अरु भनेको यो वर्ष सडक बनाउन नसके अर्को वर्ष बनाउँदा पनि हुन्छ । तर शिक्षा विग्रियो भने हाम्रो भविष्य मै प्रभाव पर्छ । त्यसकारण शिक्षामा लगानी अहिले जुन अनुपातमा गरिरहेका छांै, त्यसलाई बढाउनु पर्छ ।’

यस्तै, उनले भौतिक संरचनाले मात्रै शैक्षिक संस्थाहरु नचल्ने भन्दै शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउनु पर्ने बताए । नेपाली शिक्षा प्रणाली विद्यार्थीहरुलाई मेसिन बनाउने हिसाबको भएको भनेर आलोचना गर्दै

उनले भने, ‘भौतिक संरचनाले मात्रै हो र शैक्षिक संस्थाहरु चल्ने, अनि गुणस्तरिय शिक्षा भनेको अङ्ग्रेजी बोल्न आउनु र राम्रो अंक ल्याउनु मात्रै होईन नि, हामीले यो परिभाषालाई पनि परिवर्तन गर्नुपर्छ । शिक्षा भनेको जीवन उपयोगी हुनुपर्छ, पूर्ण जीवनको लागि हुनुपर्छ । तर हाम्रो शिक्षा दुईवटा कुरामा केन्द्रीत हुन थालेको छ । हामी कसरी जागिर राम्रो खाएर जीवनयापन गर्ने भन्ने तर्फ केन्द्रीत हुन थालेको छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार