मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

Ujyalosandeshonline 12208+ समाचार ( )
३० चैत्र २०८२, सोमबार

गण्डकी । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताउनुभएको छ । पोखरामा सम्पन्न लोकसेवा आयोगहरूको दुई दिने छैटौँ राष्ट्रिय सम्मेलनको आज आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।

उहाँले सो कार्यक्रममा आयोगहरूबाट छनोट हुने कर्मचारीहरू शासकीय प्रभावकारिताका संवाहक भएकाले आयोगको छनोट प्रणालीमा थोरै मात्र त्रुटि भएमा त्यसको असर राज्यले लामो समय भोग्नुपर्ने हुँदा चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

गौरवशाली इतिहास बोकेको संवैधानिक निकाय लोकसेवा आयोगले आर्जन गरेको जनविश्वास र स्थापित पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिमा आएको परिवर्तन, सूचनाको हकको बढ्दो प्रयोग र परिवर्तित सन्दर्भहरूलाई आत्मसात गरी अगाडि बढ्न सकेमा आयोगको विश्वासनीयतामा थप अभिवृद्धि हुने उहाँको भनाइ छ ।

सम्मेलनले विभिन्न छ बुँदे घोषणपत्रसमेत सार्वनिक गरेको छ । घोषणापत्रमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण ऐन) २०७५ बमोजिम लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड २०८२ को मस्यौदामा प्राप्त सुझावका आधारमा आयोगबाट स्वीकृत गरी सार्वजनिक गर्ने, लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड सार्वजनिक भएपछि सोको आधारमा सूचकहरू निर्धारण गरी सबै प्रदेश लोकसेवा आयोगहरूले आवश्यकताअनुसार स्वमूल्याङ्कन गर्ने वा समकक्षी मूल्याङ्कन गर्ने, लोकसेवा आयोगहरूको सातौँ सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेस प्रदेशमा आयोजना गर्नेलगायत छन् । 

सम्मेलनमा लोकसेवा आयोगका सचिव रामेश्वर दङ्गालले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच समन्वय र सहकार्यको स्थायी संरचना नरहेकाले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय सम्मेलन अत्यावश्यक रहेको बताउनुभयो । सम्मेलनमा सातै प्रदेशका अध्यक्षहरूले राष्ट्रिय सम्मेलनको सान्दर्भिकता एवं आआफ्नो प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहको पदपूर्तिलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउन गरेका प्रयास तथा काम कारबाहीका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार