मुख्य समाचार
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग |

भूकम्पपीडितका लागि नेविसंघले दियो ७ लाख ११ हजार

Ujyalosandeshonline 12563+ समाचार ( )
११ पौष २०८०, बुधवार

काठमाडौँ । नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूकालागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले संकलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । नेविसंघका नेताहरूले बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्पप्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री दाहालसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ ।

मंगलबारमात्रै प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका थिए । अर्को विहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार