मुख्य समाचार
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा |

दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

Ujyalosandeshonline 12562+ समाचार ( )
४ कार्तिक २०८३, मङ्गलबार

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप एक दिन थप गर्न सकिनेछ ।

सशस्त्रले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि २ वटा निःशुल्क बस सञ्चालन गरिरहेको छ । यो सेवा बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ । उपत्यकामा सञ्चालित बसमध्ये एउटा बस कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्कोबस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथमा सञ्चालन भइरहेको छ ।

सशस्त्र प्रहरीले दशैं तथा तिहारको अवसरमा यात्रुको यात्रालाई सहज बनाउन उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ। दशैंको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौँबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुई वटा बस  बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र उनीहरुका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेको जनाइएको छ । दशैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले यो सशस्त्र प्रहरी बल, नेपाले यो सेवा सञ्चालन गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार