मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

एक सय रोपनी जग्गामा किवी फार्म

Ujyalosandeshonline 12206+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

रामेछाप । जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन् ।

खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन् । त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिएको छ । फर्ममा रहेको किवी अब टिप्ने बेला भएको छ । तर खड्का अहिले किवी बेच्ने योजनामा छैनन् । अहिले किवी कोल्डस्टोरमा राखेर चैत लागेपछि बेसिजनमा बजार पठाउने योजनामा उनी छन् ।

‘यस वर्ष १० हजार किलो किवी उत्पादन हुन्छ होला, बेसिजनमा बिक्री गर्दा राम्रै मूल्य आउँछ’, उनले भने । खड्काले स्थानीय सरकार तथा प्रदेश सरकार समेतको सहयोगमा किवी खेती सुरु गरेका हुन् । उनको किवी फार्ममा १ करोड रुपैँया लगानी भइसकेको छ । खड्काको फार्मले गाउँमा किवी खेतीको प्रवर्धनमा निक्कै सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार बताउँछिन् ।

बाम्तिमा धेरै किसानले किवी खेती सुरु गरेका बताउँदै उनले सो वडालाई किवीको पकेट क्षेत्र घोषणा गरेर थप खेती प्रवर्धन गर्नुपर्ने बताइन् । ‘गाउँपालिकाले यस्ता किसानलाई प्रोत्साहनका रूपमा अनुदान पनि वितरण गरेका छौँ, यस्ता किसानलाई थप प्रोत्साहन गर्दै लैजाने छौँ’, उनले भनिन् ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार स्थानीय तहमा के काम भइरहेको छ भन्ने कुरा गाउँमा आएर हेर्नुपर्ने बताए । उनले कुरा गरेर मात्रै नहुने बताउँदै उत्पादनको लागि काम नै गर्नुपर्ने सुनुवारले बताए ।
सबै कुरा सरकारले गर्न नसक्ने बताउँदै उनले सरकारले हौसला र टेवा पु¥याउने बताए । उनले किसानहरूलाई उत्पादनमा लाग्ने पनि आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार