मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मन्थलीमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र

Ujyalosandeshonline 11005+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

रामेछाप । जिल्लाको सदरमुकाम मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण सम्पन्न भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र अवस्थामा छाडिएको छ । वाग्मती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिका ३० प्रतिशत लागत साझेदारीमा बनेको उक्त चिस्यान केन्द्र काठमाडौंस्थित इजि इन्फा प्रालिले निर्माण गरेको हो। प्रदेश सरकारले पाँच करोड र नगरपालिकाले दुई करोड दश लाख रुपैयाँ लगानी गरेर निर्माण गरिएको चिस्यान केन्द्र सफल परीक्षण समेत भइसकेको छ । तर, प्रदेश सरकारले नगरपालिकालाई आधिकारिक रूपमा हस्तान्तरण नगरेकाले हालसम्म प्रयोगमा ल्याउन सकिएको छैन् ।

चिस्यान केन्द्र ५० केजीका दश हजार बोरा फलफूल तथा तरकारीजन्य उपज भण्डारण गर्न सक्ने क्षमता भएको बताइएको छ । यसले जिल्लामा उत्पादन हुने जुनार, किवी, आलु, तरकारी लगायतका अमिलो तथा मौसमी फलफूल–तरकारी चिस्यान गरी किसानलाई मूल्य सुरक्षित गर्ने अपेक्षा गरिएको थियो । सञ्चालनमा ल्याउन नसक्दा किसानहरू भने बजार अभाव र भण्डारण समस्यामा परेको स्थानीयको गुनासो छ ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठका अनुसार आवश्यक घेराबार, व्यवस्थापन गर्ने कर्मचारी, पाले घर र शौचालय लगायतका संरचना सो स्थानमा आवश्यक छ । प्रदेश सरकारले संरचना हस्तान्तरण नगर्दा ती काम अघि  बढ्न सकेका छैनन् । मन्थली नगरपालिकाले आफ्नो लगानीमा चिस्यान केन्द्रसम्म विद्युत् पु¥याई टिओडी मिटर जडान समेत गरिसकेको छ ।

तर, टेन्डर आह्वानदेखि निर्माण सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया प्रदेश सरकारकै मातहतमा रहेकाले औपचारिक हस्तान्तरण नहुँदासम्म चिस्यान केन्द्र सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाले जनाएको छ । ठुलो लगानीमा बनेको चिस्यान केन्द्र तत्काल सञ्चालनमा आउन नसक्दा जिल्लाका किसानलाई उत्पादन बेच्न र सुरक्षित राख्न कठिनाइ परेको छ । राज्यको ठुलो लगानी पनि त्यसै खेर गइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार