मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

केरा खेतितर्फ आर्कषित रौतहटका कृषक

Ujyalosandeshonline 11521+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकावडा नं. ३ गैडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहँु, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेति गर्न थालेका छन् ।

केरा खेतिबाट मनग्य आम्दानी हुने भए पछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतिको सम्भावता, अवस्थाका बारेमा चन्द्रपुर एकेडेमी का विद्याथीहरुले कृषकसंग भला कुसारी गरेका छन् । 

कृषकले समेत केरा खेति गर्ने तरिका र आम्दानी लगायतका बिषयमा विद्याथीलाई बुझाएका छन् । अन्नबाली उत्पादनका लागि लगानी, परिश्रम र मेहनत बढि हुने तर उत्पादनमा कमि आउने र अपेक्षाकृत आम्दानी नहुने भएपछि केरा खेति गर्ने थालेको गैडाटारका कृषक दिपक श्रेष्ठले बताए । 

एउटा केराको बोटले एक पटकमा ८० देखि सयवटा केरा उत्पादनदिने र सो केरा प्रतिगोटा ५ देखि ६ रुपैया सम्ममा बिक्रिहुने उनले बताए । एक पटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नु पर्ने र उत्पादन हुन थालेपछि आम्दानी हुने केरा खेति गर्दै आएका कृषकको भनाई छ । 

गैडाटार क्षेत्रमा मात्र ३५ बिगाह भन्दाबढि क्षेत्रफलमा कृषकले केरा खेति गरेका छन् । केरा खेतितर्फ कृषककको आर्कषण बढेपनि स्थानिय निकायबाट सहयोग प्राप्त नभएको कृषकहरुको गुनासो छ । गाँउका अधिंकाश कृषकले केरा खेति नै गरेकाले गैडाटार केराका लागि परिचितवा पकेट क्षेत्रमा रुपमा चिनिने गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन बृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याउने बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार