मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी

Ujyalosandeshonline 12456+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

रामेछाप । रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् । किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ । अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै गाउँकै मानिसहरूको रोजगारीको थलो समेत बनेको छ । 

रामेछापको रामेछाप, सुकाजोर, ओख्रेनी, सालु, देउराली, गोठगाउँ, रामपुर, हिमगंगा लगायतका क्षेत्रमा उत्पादन भएको जुनार प्रशोधन गर्ने उद्योग रामेछाप नगरपालिका–७ सुकाजोरमा सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको जुनार सोही उद्योगमा बिक्री हुन लागेको छ । 

मन्थली डिलक्स एग्रोफरेष्ट्री प्रालिले किसानहरूको जुनार बगैँचामा नै गएर खरिद गरी ल्याई जुस बनाउने गरेको छ । जुनार टिप्ने, जुनार ताछ्ने तथा जुनार पेल्ने काममा अहिले ७० देखि ८० जना स्थानीयले नियमित काम गरिरहेका सो कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । ‘किसान आफैँले पनि रोजगारी पाएका छन्, गाउँका अन्य मानिसले पनि रोजगारी पाएका छन्’, उनले भने । 

जाडोमा जुनार त्यति नजाने भएकोले त्यसबाट जुस निकालेर राखी गर्मी सिजनमा बजारमा लैजाने सञ्चालक श्रेष्ठले बताए । रामेछापको जुनारको जुस केही वर्षयतादेखि देशै भरि र विदेशसम्म पुग्ने गरेको छ । ‘गर्मीयाममा चाडपर्व, कोसेलीको रूपमा जुनारको जुसको राम्रो माग रहेको छ’, उनले भने । 

यसै बिच वाग्मती प्रदेश सभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्योगको स्थलगत अवलोकन गरेका छन् । गाउँको कृषि उत्पादनमा आधारित यस्ता उद्यमहरूले ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताउँदै उनले यस्ता उद्योगलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगको लागि आफूले पहल गर्ने बताए ।सरकारका तर्फबाट अनुदानमा उपकरणहरू सहयोग भए उद्योगलाई थप विस्तार गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार