मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आर्थिक उपार्जन गर्न फूल व्यवसाय

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

सिरहा । विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल हुनुभएको छ । भारतका विभिन्न सहरमा वषौैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहनुभएको छ । महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ । उहाँले मुख्यतया तिहार पर्व र विवाहको यामलाई लक्ष्य गरी मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्दै आउनुभएको छ । 

“नर्सरीको व्यापार वर्षको केही महिना मात्र चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ । अहिले फूल र नर्सरी दुवैबाट मनग्य  आम्दानी भइरहेको छ”, महतोले भन्नुभयो । हाल उहाँले नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झण्डै ६० हजार बिरुवा उत्पादन गर्दै आउनुभएको छ । फूलखेतीमार्फत मात्र वार्षिक रु २५ लाखसम्मको आम्दानी हुने गरेको उहाँले बताउनुभयो । साथै महतोले १० जनालाई रोजगारीसमेत दिनुभएको छ । 

लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्नुहुन्छ, “विदेशमा जति मेहेनत गरिन्छ, त्यति मेहेनत यहाँ गरे घरमै बसेर कमाइ गर्न सकिन्छ ।” उहाँले कृषिकर्ममा पुर्याउनुभएको योगदानलाई मूल्याङ्कन गर्दै लहान नगरपालिकाले दुईपटक र कृषि ज्ञान केन्द्र सिरहाले दुईपटक ‘उत्कृष्ट कृषक’को सम्मानसमेत प्रदान गरिसकेको छ ।

“पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङबाट फूलको माग हुन्छ”, महतो बताउनुहुन्छ, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु ।” आगामी तिहारमा रु १५ लाखबराबरको फूल बिक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । यद्यपि हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उहाँको अनुमान छ । महतोले यस वर्षदेखि लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गर्नुभएको छ । कृषिमा निरन्तर लगाव, परिश्रम र प्रतिबद्धताले उहाँ यस क्षेत्रका अरु किसानका लागि प्रेरणाको स्रोत बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार