मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रतापपुर गाउँपालिकाको मुहार फेरियो: १३ करोडमा बन्यो सुविधासम्पन्न प्रशासनिक र प्रसूति भवन

सितमती हरिजन 24+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा करिब १३ करोड रुपैयाँको लागतमा छुट्टाछुट्टै प्रशासनिक र प्रसूति (बर्थिङ) भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले धार्मिक कार्यक्रमसहित गृह प्रवेश गरेसँगै शुक्रबारदेखि दुवै नयाँ भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

गाउँपालिकाका इन्जिनियर आनन्द यादवका अनुसार, संघीय सरकारको ५ करोड ४० लाख र गाउँपालिकाको ६ करोड ९ लाख गरी कुल ११ करोड ४९ लाख रुपैयाँको लागतमा चार तले प्रशासनिक भवन निर्माण गरिएको हो । यस भवनमा कार्यपालिका बैठक कक्ष र सभा कक्षसहित ३४ वटा कोठाहरू रहेका छन् ।

विगतमा दुईवटा घर भाडामा लिएर सञ्चालन हुँदै आएको गाउँपालिकालाई अब आफ्नै भवन भएपछि आर्थिक भार घट्ने र सेवा विस्तारमा सहज हुने अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । दुई वर्षअघि निर्माण सुरु भएको यो भवन गत जेठमा सम्पन्न भएको थियो ।

त्यसैगरी, संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा कुल १ करोड ३३ लाख ६९ हजार रुपैयाँको लागतमा दुई तले प्रसूति भवन पनि निर्माण गरिएको छ । डेढ वर्षअघि निर्माण थालिएको यो भवन गत फागुनमा सम्पन्न भएको हो र यसमा भिडियो एक्स-रे लगायतका सुविधाहरू रहेका छन् । यो नयाँ प्रसूति भवनसँगै गाउँपालिकामा अब चार स्थानबाट प्रसूति सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार