सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

रासस 626+ समाचार ( )
६ भाद्र २०८३, शनिबार

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा आज टिपर खस्दा चालक बेपत्ता भएका छन् । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको टिप्पर सेती नदीमा खसेको हो । चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा सेती नदीमा टिपर चालकको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार