मुख्य समाचार
ठूलो परिमाणमा लागूऔषधसहित परासीमा एक पक्राउ | रुपन्देहीमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ | ‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन | गृह मन्त्रालयद्वारा सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू फिर्ता, कफ्र्यु जारी | गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण | सुनसरी झडप: गोली लागेर युवकको मृत्यु भएपछि देवानगञ्जसहित पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न, | दैलेखमा प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग वितरण | एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति | नेपालतर्फ तस्करी गर्न लागिएको १३ लाखको जुत्ता-चप्पल भारतीय प्रहरीको नियन्त्रणमा |

रचनात्मक सोचको परिणाम, फोहोर फाल्ने ठाउँ बन्यो बालउद्यान

Ujyalosandeshonline 11826+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

रामेछाप । काम गर्नको लागि धेरै रकम र ठुलो ठाउँ भन्दा पनि रचनात्मक सोच चाहिन्छ । रचनात्मक सोच भयो भने थोरै पैसा र सानो ठाउँमा पनि राम्रो काम गर्न सकिन्छ । त्यसको उदाहरण रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा देखिएको छ । मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठको रचनात्मक सोचले फोहोर फाल्ने ठाउँ अहिले बालउद्यान बनेको छ । 

वडा कार्यालय अगाडिको ठुलो पँधेरो छेउको खाली जग्गामा त्यतिकै फोहोर थुप्रिएको थियो । वडा कार्यालय अगाडिकै जमिनमा फोहोर थुप्रिएपछि त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा वडाध्यक्षले सोचे । सोच आयो बालउद्यान बनाउने । 

मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बन्ने तयारी गरिरहेको बेला त्यसको लागि पनि सहयोग पुग्ने, फोहोर फालिएको जग्गा पनि सदुपयोग हुने । सोही सोचले मूर्तता पाएपछि ठुलो पँधेरो माथिको खाली जग्गामा बन्यो बालउद्यान । 

पँधेराको छेउमा खाली रहेको ठाउँमा अहिले बालबालिकाहरूलाई खेल्नको लागि पिङ राखिएको छ । पिङसँगै चिप्लेटी पनि राखिएको छ । जहाँ फुर्सदको बेलामा बालबालिकाहरू खेलेर रमाउने स्थानीय शान्ता श्रेष्ठ बताउँछिन् । ‘सानो ठाउँमा पनि खेल्ने ठाउँ बन्यो, ठाउँको सदुपयोग भयो, बच्चालाई पनि रमाइलो गर्ने ठाउँ भयो’, उनले भनिन् । 

बाल उद्यानको केही काम भएपनि अझै पँधेरा माथि फूल रोप्ने, क्यारी बनाउने लगायतका काम बाँकी रहेको वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । त्यस्तै बालबालिकालाई बस्नको लागि केही बेञ्चहरू पनि राखिने उनले जानकारी दिए । 

ठुलो पँधेरो विगतमा चिसापानीवासीले पानी खाने मुख्य पँधेरो हो । अहिले घर घरमा लिफ्ट खानेपानीको धारा पुगेपछि सो पँधेरोमा पानी लिन जानेको सङ्ख्या घटेको छ । विगतमा रात–दिन पानी भर्न जाने मानिसहरू जाने सो पँधेरोको छेउमा गाग्री बोकेको प्रतिमा राखिएको उनले बताए । ‘बालबालिकालाई रमाउने र आराम गर्ने ठाउँको लागि बालउद्यान बनाएका हौँ, विगतमा चिसापानीका मानिसहरू पानीको समस्याले रातभरि सुत्दैनथे, ठुलो पँधेरोमा पानी भर्ने पालो पर्खिएर बस्थे, त्यसैले विगतमा पुर्खाहरूले गरेको दुःख सम्झाउन र बालबालिकालाई धारा, पँधेराको महत्त्व दर्साउन सो प्रतिमा पनि राखेका हौँ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार