मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रचनात्मक सोचको परिणाम, फोहोर फाल्ने ठाउँ बन्यो बालउद्यान

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

रामेछाप । काम गर्नको लागि धेरै रकम र ठुलो ठाउँ भन्दा पनि रचनात्मक सोच चाहिन्छ । रचनात्मक सोच भयो भने थोरै पैसा र सानो ठाउँमा पनि राम्रो काम गर्न सकिन्छ । त्यसको उदाहरण रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा देखिएको छ । मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठको रचनात्मक सोचले फोहोर फाल्ने ठाउँ अहिले बालउद्यान बनेको छ । 

वडा कार्यालय अगाडिको ठुलो पँधेरो छेउको खाली जग्गामा त्यतिकै फोहोर थुप्रिएको थियो । वडा कार्यालय अगाडिकै जमिनमा फोहोर थुप्रिएपछि त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा वडाध्यक्षले सोचे । सोच आयो बालउद्यान बनाउने । 

मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बन्ने तयारी गरिरहेको बेला त्यसको लागि पनि सहयोग पुग्ने, फोहोर फालिएको जग्गा पनि सदुपयोग हुने । सोही सोचले मूर्तता पाएपछि ठुलो पँधेरो माथिको खाली जग्गामा बन्यो बालउद्यान । 

पँधेराको छेउमा खाली रहेको ठाउँमा अहिले बालबालिकाहरूलाई खेल्नको लागि पिङ राखिएको छ । पिङसँगै चिप्लेटी पनि राखिएको छ । जहाँ फुर्सदको बेलामा बालबालिकाहरू खेलेर रमाउने स्थानीय शान्ता श्रेष्ठ बताउँछिन् । ‘सानो ठाउँमा पनि खेल्ने ठाउँ बन्यो, ठाउँको सदुपयोग भयो, बच्चालाई पनि रमाइलो गर्ने ठाउँ भयो’, उनले भनिन् । 

बाल उद्यानको केही काम भएपनि अझै पँधेरा माथि फूल रोप्ने, क्यारी बनाउने लगायतका काम बाँकी रहेको वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । त्यस्तै बालबालिकालाई बस्नको लागि केही बेञ्चहरू पनि राखिने उनले जानकारी दिए । 

ठुलो पँधेरो विगतमा चिसापानीवासीले पानी खाने मुख्य पँधेरो हो । अहिले घर घरमा लिफ्ट खानेपानीको धारा पुगेपछि सो पँधेरोमा पानी लिन जानेको सङ्ख्या घटेको छ । विगतमा रात–दिन पानी भर्न जाने मानिसहरू जाने सो पँधेरोको छेउमा गाग्री बोकेको प्रतिमा राखिएको उनले बताए । ‘बालबालिकालाई रमाउने र आराम गर्ने ठाउँको लागि बालउद्यान बनाएका हौँ, विगतमा चिसापानीका मानिसहरू पानीको समस्याले रातभरि सुत्दैनथे, ठुलो पँधेरोमा पानी भर्ने पालो पर्खिएर बस्थे, त्यसैले विगतमा पुर्खाहरूले गरेको दुःख सम्झाउन र बालबालिकालाई धारा, पँधेराको महत्त्व दर्साउन सो प्रतिमा पनि राखेका हौँ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार